प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.व.रा.द्वारा सुन्दरीजल स्थित युनिटहरुको निरीक्षण भ्रमण

१. प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.व.रा.ले आज मिति २०७१ असार १५ गते सुन्दरीजल स्थित श्री सुन्दरीजल आर्सनल तथा श्री नं. १ विपद् व्यवस्थापन गणको  निरीक्षण भ्रमण गर्नुभएको छ । 

२. प्रधानसेनापति श्री राणाले सुन्दरीजल आर्सनलमा विभिन्न किसिमको उत्पादन मेशिन तथा  Production Line र अन्य शाखाहरुको समेत निरिक्षण गर्नुभएको थियो ।
 
३. निरीक्षण पश्चात प्रधानसेनापति श्री राणाले सकलदर्जाहरुलाई सम्बोधन गर्नुहुँदै सुन्दरीजल आर्सनलले स्थापना कालदेखि नै आधुनिक प्रविधि तथा अन्तर्राष्ट्रिय स्तरका मेशिन प्लाण्ट प्रयोग गरी नेपाली सेनाको लागि आवश्यक स्मल आर्मस एम्युनिशन उत्पादन गर्दै उत्पादनमा आत्मनिर्भर हुने तर्फ उन्मुख भएकोमा खुसी व्यक्त गर्नुहुँदै आधुनिक र उच्च प्रविधि प्रयोग गरी स्वदेशमै अन्तर्राष्ट्रिय स्तरको गुणस्तरिय उत्पादन गर्नु नेपाली सेनाको लागि महत्वपूर्ण कार्य भएको र यस्तो सुसज्जित कारखाना हुनु नेपाली सेनाको लागि गौरव र प्रतिष्ठाको विषय भएको कुरा वताउनु भएको थियो । 

४. त्यसैगरी निरिक्षण भ्रमणको क्रममा नं. १ विपद् व्यवस्थापन गणका सकल दर्जाहरुलाई सम्बोधन गर्नुहुँदै प्रधानसेनापति श्री राणाले दोस्रो संविधानसभाको निर्वाचनमा नेपाली सेनाले आफुलाई दिएको जिम्मेवारी उत्कृष्ट ढङ्गबाट सम्पादन गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सबै क्षेत्रबाट प्रशंसा बटुलेको साथै विस्तृत शान्ति सम्झौताको एक महत्वपूर्ण कार्य सेना समायोजनमा पनि नेपाली सेनाले आप्mनो व्यवसायीकतामा कुनै सम्झौता नगरी पु¥याएको योगदानको समेत चौतर्फी रुपमा प्रशंसा भएको र यसको श्रेय नेपाली सेनाको सकल दर्जालाई जाने विचार व्यक्त गर्नुभएको थियो । निरिक्षण भ्रमणको क्रममा सकलदर्जाहरुलाई निर्देशन दिनुहुँदै आफुलाई सुम्पिएको जिम्मेवारी उत्कृष्ट ढङ्गले पुरा गर्न राष्ट्र तथा जनताको सेवामा सधै दत्त चित्त भई लाग्नुपर्ने र आप्mनो पेशागत दक्षता, अनुशासन र कर्तव्यपरायणता कायम राख्नुपर्ने कुरामा जोड दिनुभएको थियो । 

५. उक्त निरीक्षण भ्रमणमा प्रधानसेनापति श्री राणासंग नेपाली सेनाका रथीबृन्द एवं अन्य अधिकृतहरु समेत सहभागी हनु भएको थियो ।