नेपाली सेनाको ध्यानाकर्षण

१. मिति २०७१ आषाढ १३ र १४ गते केहि संचारमाध्यममा नेपाली सेनाका वहालवाला कर्णेल हेमराज के.सी.को कपन स्थित घरमा जुवातास खेलाईरहेको अवस्थामा प्रहरीले रेड गरेको सम्बन्धि समाचार प्रशारण भएकोमा नेपाली सेनाको गम्भीर ध्यानाकर्षण भएको छ ।

२. सत्य तथ्य र वास्तविकता वेगर संप्रेशित उक्त समाचार भ्रामक, आधारहिन र चरित्र हत्या गर्ने अभिप्रायले संप्रेषण भएको पाईएको हुंदा यस प्रति नेपाली सेना खेद प्रकट गर्दछ । संचारमाध्यममा प्रशारित उक्त घटनामा नेपाली सेनाका उल्लेखित अधिकृत तथा वहाँका परिवारको कुनै पनि संलग्नता नरहेको स्वयं नेपाल प्रहरी तथा सैनिक प्रहरीको अनुसन्धानबाट प्रमाणित भईसकेको अवस्थामा पनि केहि संचारमाध्यमहरुबाट यस किसिमका तथ्यहिन खवर प्रशारण हुनु आफैमा खेदपूर्ण छ ।

३. राष्ट्रको संवेदनशिल अंग नेपाली सेनासंग सम्बन्धित समाचारहरुको सत्यतालाई एकिन गरेर मात्र प्रकाशन तथा प्रशारण गर्नको लागि आम संचारजगतलाई नेपाली सेना आग्रह गर्दछ । नेपाली सेनासंग सम्बन्धित तथ्यहिन समाचारहरुले सेना र संचारजगतको सम्बन्धमा समेत प्रभाव पार्न सक्ने हुँदा यस विषयलाई सम्पूर्ण संचारजगतले गम्भिरता पूर्वक लिनु हुनेछ भन्ने विश्वास नेपाली सेनाले लिएको छ ।