प्रधानसेनापति Young President"s Organization Nepal द्धारा आयोजित गोष्ठीमा प्रमुख अतिथिको रुपमा सहभागी

१. मिति २०७१ आषाढ १२ गते प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.को प्रमुख आतिथ्यमा काठमाण्डौंस्थित ज्थबतत होटलमा Young President"s Organization Nepal द्धारा आयोजित Leading and Managing Change in Large Orginizations विषयक गोष्ठी सम्पन्न भएको छ । उक्त गोष्ठीमा नेपालका प्रतिष्ठित उद्योगपति तथा व्यवसायिहरुको सहभागिता रहेको थियो ।

२. उक्त गोष्ठीमा सहभागिहरुलाई Leading and Managing Change in Large Orginizations विषयमा प्रवचन दिनु हुंदै प्रधानसेनापति श्री राणाले राष्ट्रमा अहिले ठुलो परिवर्तन भएको र यस परिवर्तनको नतिजाको रुपमा मिडिया तथा नागरिक समाजद्धारा संरक्षित कानुनी शासनको परिधिमा नेपाल एक पूर्ण प्रजातान्त्रिक मुलुक बन्न सफल भएको विचार व्यक्त गर्नु भएको थियो । परिवर्तनको मुख्य केन्द्रमा नेपालको सबैभन्दा पुरानो तथा ठुलो संगठनको रुपमा रहेको नेपाली सेनाले आफ्नो सांगठनिक दक्षतालाई कायम राख्दै परिवर्तनलाई आत्मसात गरेको विचार व्यक्त गर्नुभयो । राष्ट्रको अन्तिम अस्त्रको रुपमा रहेको सेनाले मुलतः राष्ट्र र राष्ट्रबासीको सुरक्षाको लागि कटिबद्ध रहेको प्रधानसेनापति श्री राणाले बताउनु भयो । प्रधानसेनापति श्री राणाले उक्त गोष्ठीका आयोजकवर्गलाई धन्यबाद दिनुहुंदै राष्ट्रका कर्मठ तथा क्रियाशिल उद्योगपति तथा व्यवसायीहरुलाई आफ्नो विचार राख्ने मौका दिएकोमा कृतज्ञता व्यक्त गर्नु भएको थियो ।

३. यस किसिमका कार्यक्रमहरुबाट नेपाली सेना र निजी क्षेत्रबीच सूचना आदान–प्रदान मात्र नभई द्धिपक्षिय आपसी हितमा समेत टेवा पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।