नेपाली सेनाद्धारा हुम्ला जिल्लामा लत्ताकपडा तथा शैक्षिक सामाग्री ढुवानी

१. “विकासका लागि एकबद्ध महिला” नामक सामाजिक संस्थाको अनुरोधमा उक्त संस्थाले सामाजिक उद्देश्यको लागि कर्णाली अंचल, हुम्ला जिल्ला, जैर गा.वि.स. वडा नं.५का स्थानिय विद्यालय तथा बासिन्दाहरुका लागि काठमाण्डौमा संकलन गरिएको पुस्तकहरु ४५ कार्टुन र लत्ताकपडा ५८ कार्टुन गरी करिव २००० के.जी. सामान उक्त स्थानमा पठाउन नेपाली सेनासंग सहयोगका लागि अनुरोध गरेको हुँदा उक्त सामान नेपाली सेनाले आप्mनो व्यवस्थापनमा काठमाण्डौंबाट सुर्खेतहुँदै मिति २०७१ आषाढ ९ गते हुम्लासम्म ढुवानी गरेको 
छ । 

२. उक्त स्थानमा रहेको सरस्वती उच्च मा.वि.मा स्थापना हुन लागेको पुस्तकालयको लागि पुस्तकहरु तथा गाउंका गरिब, गुरुवा, अशक्त, बृद्ध तथा बालकहरुलाई वितरण गर्ने लत्ताकपडा मध्य पश्चिम पृतनाको सह चिफ अफ स्टाफले स्थान विशेषमा नै उक्त संस्थाकी अध्यक्ष श्रीमती कसम रावत र स्थानिय भद्र भलाद्मीलाई हस्तान्तरण गर्नु भएको थियो । उक्त कार्य सम्पादन पश्चात फर्कने क्रममा स्थानिय चार जना विभिन्न रोगका विरामीहरुलाई उपचारका लागि सुर्खेतसम्म समेत ल्याईएको थियो ।

३. सदरमुकाम सिमीकोटबाट करिव ३ दिनको पैदल दुरीमा रहेको विकट, दुर्गम उक्त गाउँका स्थानिय बासिन्दाहरुले नेपाली सेनाको पहलता र सहयोगले समयमा नै सामाग्रीहरु प्राप्त गरेकोमा नेपाली सेनाप्रति कृतज्ञता व्यक्त गरेका थिए । 

४. नेपाली सेनाले यस किसिमको सामाजिक कार्यमा आफुलाई सहभागी गराई दुर्गम क्षेत्रका जनताको जीवनलाई सहज गराउन र शिक्षाक्षेत्रमा सहयोग गर्ने कार्यमा हातेमालो गर्न सधै तत्पर रहेको र यस किसिमका जनहितका कार्यले नेपाली जनता प्रतिको आप्mनो कर्तव्यपालनामा सधै कटिबद्ध रहेको विश्वास दिलाउन चाहन्छ ।