प्रधानसेनापति र मित्र राष्ट्र क्यानडाका गैर आवासिय Defence Advisor बीच शिष्टाचार भेटवार्ता

१. आज मिति २०७१ असार १६ गते प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.संग नेपालका लागि मित्रराष्ट्र क्यानडाका गैर आवासिय Defence Advisor Colonel Stephen La Plante ले जंगी अड्डामा शिष्टाचार भेटवार्ता गर्नुभएको छ । 

२. उक्त भेटघाटका क्रममा नेपाली सेना र क्यानेडली सेना वीचको द्धिपक्षिय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।