प्रधानसेनापतिद्धारा निरीक्षण भ्रमण

१. आज मिति २०७१ आषाढ १८ गते प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.द्धारा मध्य पृतना अन्तरगत धुन्चेस्थित श्री नारायणदल गण र उक्त गणको सुरक्षा पोष्टहरुको निरीक्षण भ्रमण गर्नुको साथै त्यहां रहेको चिलिमे जलविद्युत आयोजनाको समेत अवलोकन गर्नु भएको छ । 

२. निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति श्री राणाले उक्त गण तथा अन्तरगत स्याफ्रुवेसी र मांचेत सुरक्षा पोष्टहरुको बन्दोबस्ती, तालिम लगायत अन्य विविध पक्षबारेमा जानकारी लिनु हुंदै उक्त गणका सकल दर्जाहरुलाई सम्बोधन गर्नु भएको थियो । 

३. सकल दर्जाहरुलाई सम्बोधन गर्ने क्रममा प्रधानसेनापति श्री राणाले आफ्नो सैनिक पेशागत दक्षता, अनुशासन, कर्तव्यपरायणता कायम राख्दै आफुलाई सुम्पिएको जिम्मेवारी उत्कृष्ट ढंगले पुरा गर्न राष्ट्र तथा जनताको सेवामा दत्तचित्त भई लाग्नु पर्ने कुरामा समेत जोड दिनु भएको थियो । 

४. साथै प्रधानसेनापति श्री राणाले भोलि श्री सैन्य तालिम केन्द्र, त्रिशुलीको निरीक्षण भ्रमण गर्नुहुने कार्यक्रम रहेको छ ।