प्रधानसेनापतिद्धारा निरीक्षण भ्रमण

१. मिति २०७१ आषाढ १८ गतेबाट मध्य पृतना अन्तरगतका युनिटको निरिक्षण भ्रमणको क्रममा रहनु भएका प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.ले आज मिति २०७१ असार १९ गते त्रिशुुली स्थित सैन्य तालिम केन्द्रको निरिक्षण भ्रमण गर्नुभएको छ । 

२. निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति श्री राणाले उक्त तालिम केन्द्रमा संचालित तालिम एवं बन्दोबस्ती लगायत अन्य विविध पक्षबारेमा जानकारी लिनु भएको थियो । निरिक्षण भ्रमणमा प्रधानसेनापतिका साथमा सैनिक विनय महानिर्देशक उपरथी श्री भिक्टर ज.व.रा., प्रवन्धरथी उपरथी श्री राजेन्द्र क्षेत्री तथा मध्य पृतनापति उपरथी श्री सुन्दर पुडासैनीको समेत उपस्थिती रहेको थियो । 

३. प्रधानसेनापति श्री राणा भ्रमण सम्पन्न गरी आजै काठमाण्डौं फिर्ता हुनु भएको छ ।