नेपाल भारत द्धिपक्षिय परामर्श समुहको एघारौ बैठक काठमाण्डौमा आयोजना हुंदै

१. हरेक वर्ष नेपाल र भारतमा आलोपालो आवधिक रुपमा संचालन हुंदै आएको 
नेपाल—भारत द्धिपक्षिय परामर्श समुह (Nepal-India Bilateral Consultative Group Meeting on Security Issues) को सुरक्षा सम्बन्धि 
२ दिने बैठक यसपटक मिति २०७१ असार २२ गते देखि असार २३ गते सम्म काठमाण्डौंमा हुने कार्यक्रम रहेको छ । 

२. भारतको तर्फबाट Ministry of External Affairs sf Joint Secretary (North) Mr Abhay Thakur को नेतृत्वमा १३ सदस्यीय प्रतिनिधि मण्डल मिति २०७१ असार २१ गते काठमाण्डौं आईपुग्ने कार्यक्रम रहेको छ भने, १५ सदस्यीय नेपाली टोलीको नेतृत्व परराष्ट्र मन्त्रालयका सह सचिव अमृत बहादुर राईले गर्नु हुनेछ । उक्त बैठकमा गत बैठकहरुमा भएका निर्णयको प्रगति समिक्षा र आगामी वर्षमा हुने आपसी सहयोग सम्बन्धमा छलफल हुनेछ । साथै उक्त बैठकमा नेपाल—भारत बीचको द्धिपक्षिय सुरक्षा सरोकारका साथै सैन्य सामग्री, तालिम तथा सूचना आदान प्रदानका विषयमा पनि छलफल हुने कार्यक्रम रहेको छ ।

३. उक्त बैठक पश्चात भारतीय प्रतिनिधि मण्डल मिति २०७१ असार २४ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।