नेपाल भारत द्धिपक्षिय परामर्श समुहको एघारौ बैठक काठमाण्डौमा आजबाट आरम्भ

१. हरेक वर्ष नेपाल र भारतमा आलोपालो आवधिक रुपमा संचालन हुंदै आएको 
नेपाल—भारत द्धिपक्षिय परामर्श समुहको सुरक्षा (Nepal-India Bilateral Consultative Group Meeting on Security Issues)सम्बन्धी २ दिने बैठक आज मिति २०७१ असार २२ गते काठमाण्डौंमा आरम्भ भएको छ । 

२. उक्त बैठकमा भारतको तर्फबाट Ministry of External Affairs sf Joint Secretary (North) Mr Abhay Thakur को नेतृत्वमा १४ सदस्यीय प्रतिनिधि मण्डल तथा नेपालको तर्फबाट परराष्ट्र मन्त्रालयका सह सचिव अमृत बहादुर राईको नेतृत्वमा १५ सदस्यीय प्रतिनिधि मण्डल सहभागी रहेको छ । बैठकमा गत बैठकहरुमा भएका निर्णयको प्रगति समिक्षा र आगामी वर्षमा हुने आपसी सहयोग सम्बन्धमा छलफल हुनुको साथै नेपाल—भारत बीचको द्धिपक्षिय सुरक्षा सरोकारका लगायत सैन्य सामग्री, तालिम तथा सूचना आदान प्रदानका विषयमा पनि छलफल हुने कार्यक्रम रहेको छ । 

३. साथै उक्त बैठक भोलि मिति २०७१ असार २३ गते समापन हुने कार्यक्रम रहेको छ ।