नेपाली सेनाको ध्यानाकर्षण

१. मिति २०७१ आषाढ २४ गते केहि संचारमाध्यमहरुमा नेपाल–भारत द्धिपक्षिय परामर्श समुहको सुरक्षा सम्बन्धी बैठकको सिलसिलामा Military Intelligence Sharing, खरिद गरिने हात हतियार र त्यसको संख्या तथा हतियारहरुको गुणस्तर सम्बन्धमा” भन्ने शव्द प्रयोग गरी संप्रेषण भएको समाचारहरुप्रति नेपाली सेनाको गम्भीर ध्यानाकर्षण भएको छ ।
२.Military Intelligence र Information नितान्त भिन्न अर्थ राख्ने शव्दावली भएको हुंदा त्यसको अर्थ र संवेदनशीलता नबुझि समाचार संप्रेषण भएको पाईएको हुँदा समाचारमा उल्लेख भए अनुसार नेपाल र भारतवीच Military Intelligence Sharing नभई केवल निश्चित विषयहरुसंग सम्बन्धित Information Share गर्ने प्रणाली विकाश गर्ने तर्फ मात्र छलफल भएको हुँदा सो सम्बन्धमा आम संचार र पाठक जगतलाई नेपाली सेना स्पष्ट पार्न चाहन्छ ।  

३. गलत समाचार संप्रेषण गरी नकारात्मक टिका टिप्पणी गर्दा दुई देशबीचको परम्परागत सम्बन्धलाई समेत असर पार्न सक्ने हुंदा त्यसतर्फ संवेदनशील भई दिन र केही संचार माध्यममा उल्लेख भएको हतियार सम्बन्धी सूचना तथ्यहिन र गलत भएको जानकारी समग्र पाठकवर्गलाई नेपाली सेना गराउन चाहन्छ । 

४. नेपालको समग्र राष्ट्रिय सुरक्षा तथा हितलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा असर पार्ने संवेदनशील विषयहरुमाथि समाचार संप्रेषण गर्दा एकिन गरी जिम्मेवार र संवेदनशील भई राष्ट्रिय सुरक्षा र हितलाई प्रवद्र्धन गर्ने गरी समाचार संप्रेषण गर्न समग्र संचार जगतले सकारात्मक भूमिका निर्वाह गर्ने विश्वास नेपाली सेनाले लिएको छ ।