प्रधानसेनापतिद्धारा निरीक्षण भ्रमण

१. आज मिति २०७१ आषाढ २६ गते प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.द्धारा झ्यालटुङ्गडाँडा स्थित राष्ट्र विकास निर्देशनालय, हात्तिखोर स्थित बन तथा पर्यावरण सुरक्षा निर्देशनालय र रसौलीस्थित नं. २ विपद् व्यवस्थापन गणको निरिक्षण भ्रमण सम्पन्न भएको छ । 

२. निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति श्री राणाले रसौलीस्थित नं. २ विपद् व्यवस्थापन गणले प्रर्दशन गरेको विपद् व्यवस्थापन सम्बन्धी प्रदर्शनी अवलोकन गर्नुका साथै गण हाताभित्र निर्माण भएको लन टेनिस कोर्टको समुद्घाटन गर्नुभएको थियो । निरिक्षण भ्रमणकै क्रममा निर्देशनालय तथा गणको बन्दोबस्ती, तालिम लगायत अन्य विविध पक्षबारेमा जानकारी लिनु भई सकल दर्जाहरुलाई सम्बोधन गर्नु भएको थियो । 

३. सकल दर्जाहरुलाई सम्बोधन गर्ने क्रममा प्रधानसेनापति श्री राणाले आफ्नो सैनिक पेशागत दक्षता, अनुशासन, कर्तव्यपरायणता कायम राख्दै आफुलाई सुम्पिएको जिम्मेवारी उत्कृष्ट ढंगले पुरा गर्दै राष्ट्र तथा जनताको सेवामा दत्तचित्त भई लाग्न सबैलाई निर्देशन दिनु भएको थियो । 

४. साथै प्रधानसेनापति श्री राणा भ्रमण सम्पन्न गरी आजै काठमाण्डौं फिर्ता हुनु भएको छ ।