हाईयर कमाण्ड तथा म्यानेजमेण्ट तालिमको समापन

१. नगरकोटस्थित सैनिक शिक्षालयमा मिति २०७१ बैशाख १२ गतेबाट संचालन भएको सि.सं.१ हाईयर कमाण्ड तथा म्यानेजमेण्ट तालिमको आज मिति २०७१ आषाढ ३२ गते प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.ले अन्तिम प्रवचन गर्नु भई तालिमको समापन भएको छ । नेपाली सेनामा पहिलोपटक संचालन भएको यस तालिममा २२ जना महासेनानीहरु र २ जना प्रमुख सेनानीहरु गरी जम्मा २४ जना अधिकृत शिक्षार्थीहरु सहभागी हुनु भएको थियो । 

२. कार्यक्रमलाई सम्बोधन गर्नुहुंदै प्रधानसनोपति महारथी श्री गौरव शम्शेर ज.ब.रा.ले यस किसिमको सैनिक पेशागत शिक्षा र ज्ञान हांसिल गर्ने बैज्ञानिक प्रक्रियाले नै सैनिक अधिकृतलाई मानसिक र बौद्धिक रुपमा गहन विचारक बनाउंदै भविष्यका लागि एक प्रतिभाशाली कमाण्डरको रुपमा परिणत गर्न सहयोग पु¥याउंछ भन्ने विचार व्यक्त गर्नुभयो । त्यसैगरी, यस तालिमले युद्ध र लडाईका कला विकास गर्न र अपरेशनल योजनाहरु तयार पार्न स्वतःस्फुर्त ज्ञान तथा क्षमता हाँसिल गर्नुको साथै सोको अभिबृद्धि गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । साथै सोही क्रममा परम्परागत सैनिक सोच र ढांचाको मानसिकतालाई परिवर्तन गर्न यस तालिमले सहयोग पु¥याउनुका साथै नेतृत्वकला र व्यवस्थापकिय सिप विकास गर्दै प्राप्त जिम्मेवारीलाई भविष्यमा कुशलतापूर्वक सम्पन्न गर्न सहयोग पु¥याउने विश्वास समेत व्यक्त गर्नुभयो । 

३. अन्तमाः प्रधानसेनापति श्री राणाले तालिम सफलतापूर्वक सम्पन्न गर्ने सम्पुर्ण शिक्षार्थी अधिकृतहरुलाई बधाई ज्ञापन गर्नुका साथै यस तालिमलाई संचालन गर्न योगदान पु¥याउनु हुने व्यक्तित्व, विभाग र संस्थाका प्रतिनिधीहरु प्रति कृतज्ञता व्यक्त गर्नु भएको थियो । साथै, पहिलो पटक संचालन भएको यस तालिम कार्यक्रमको ढांचा, विकास र संचालनमा प्रमुख भूमिका खेल्नु हुने सैनिक विनय महानिर्देशक, मुख्य शिक्षक, शिक्षकहरु, सैनिक शिक्षालय र अन्य सम्बन्धित सबैलाई धन्यबाद ज्ञापन गर्नु भयो । 

४. प्रधानसेनापति श्री राणाले उक्त तालिममा समग्रमा सर्वप्रथम हुनु हुने महा सेनानी श्री अशोकराज सिग्देल क्षेत्रीलाई "Best Student Award", शिल्ड, प्रमाणपत्र र नगद पुरस्कार रु.३०,०००।— तथा Academic Writing तर्फ प्रथम हुनु हुने महा सेनानी श्री ताराध्वज पाण्डेलाई प्रमाणपत्र तथा रु.२०,०००।— र अन्य शिक्षार्थीहरुलाई प्रमाणपत्र समेत वितरण गर्नु भएको थियो ।

५. साथै, उक्त समापन कार्यक्रममा तालिमका मुख्य शिक्षक उपरथी श्री हिमालय थापाले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो ।

६. उक्त समापन कार्यक्रममा का.मु. रक्षा सचिव, पूर्व प्रधानसेनापति, रथीबृन्द, विभिन्न विषयका प्राध्यापकहरु, विभिन्न विषयका विज्ञहरु, प्राज्ञिक व्यक्तित्वहरु, रक्षा मन्त्रालयका पदाधिकारीहरु तथा शिक्षार्थी अधिकृतका परिवारजन लगायत अन्य महानुभावहरुको समेत उपस्थिति रहेको थियो ।