United Nations Department of Peacekeeping Operations का Under Secretary General Mr Hervé Ladsous र प्रधानसेनापति वीच जंगी अड्डामा शिष्टाचार भेटवार्ता

१. नेपालको २ दिने औपचारिक भ्रमणमा रहनु भएका United Nations Department of Peacekeeping Operations का Under Secretary General Mr Hervé Ladsous  ले आज मिति २०७१ श्रावण ०५ गते प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.व.रा.संग जंगी अड्डामा शिष्टाचार भेटवार्ता गर्नुभएको छ । 

२. उक्त भेटवार्ताका क्रममा संयुक्त राष्ट्रसंघको सदस्य राष्ट्रको हैसियतले नेपालले संयुक्त राष्ट्रसंघको वडापत्रमा उल्लेखीत सिद्धान्त र संयुक्त राष्ट्रसंघको अनुरोधमा विश्व शान्तिको लागि पु¥याउँदै आएको बहु–आयामिक योगदानका विषयबस्तुहरु र आगामी दिनमा गरिने सहयोग र सहकार्यका क्षेहरुलाई विस्तार गर्ने सम्बन्धमा सौहाद्रपूर्ण तवरले गहन छलफल भएको छ । उक्त अवसरमा  Under Secretary General Mr Ladsous  ले नेपालले संयुक्त राष्ट्रसंघको अनुरोध अनुसार विश्व शान्तिका लागि विशेषतः द्वन्दग्रस्त क्षेत्रका जनताहरुको सुरक्षा (Protection of Civilians - POC Duty) र अन्य कार्यहरुमा पु¥याएको महत्वपूर्ण, अतुलनिय र उत्कृष्ट योगदान प्रति नेपाल सरकार र नेपाली सेनालाई कृतज्ञता ज्ञापन गर्नु भएको र आगामी दिनहरुमा पनि नेपाल सरकार र नेपाली सेनाबाट यस्तै प्रकारको सहयोगको अपेक्षा समेत राख्नु भयो । उक्त अवसरमा प्रधानसेनापति श्री राणाले संयुक्त राष्ट्रसंघका तर्फबाट नेपाली सेनालाई विश्वास गर्दै अन्तर्राष्ट्रिय शान्ति तथा स्थायीत्वको लागि UN को छाता मूनि रही निरन्तर समग्र मानव जातीको हितको लागि पवित्र सेवा गर्ने मौका उपलव्ध गराएकोमा नेपाली सेनाको तर्फबाट हार्दिक कृतज्ञता ज्ञापन गर्नुभएको थियो । उक्त द्धिपक्षिय भेटवार्ताका क्रममा संयुक्त राष्ट्रसंघका महासचिवका सैनिक सल्लाहाकार Lt. Gen Maqsood Ahmed  को पनि उपस्थिती रहेको थियो ।

३. द्वन्दग्रस्त मूलुकहरुको संकटको समयमा र राष्ट्र संघलाई फौज तैनाथीको अत्यावश्यक जरुरत  परेको समयमा राष्ट्र संघको अनुरोधमा यथाशिघ्र फौज खटाई शान्ति स्थापनामा नेपाली सेनाले पु¥याएको योगदान उत्कृष्ट रहनुका साथै हाल संयुक्त राष्ट्रसंघको झण्डा मूनी विश्वका विभिन्न द्वन्दग्रस्त मूलुकमा सदस्य राष्ट्रहरुबाट फौज खटाई योगदान दिने राष्ट्रहरुको श्रेणीमा नेपाल पाँचौ स्थानमा रहेको प्रति विशेष धन्यवाद ज्ञापन गर्नुभएको थियो ।  

४. यस किसिमको उच्चस्तरिय द्धिपक्षिय भेटघाटले नेपाललको छवीलाई अन्तर्राष्ट्रिय जगतमा प्रवद्र्धन गर्न र नेपाली सेना र UNDPKO  वीच रहँदै आएको द्धिपक्षिय आपसी हितका विषयलाई विस्तार गर्न अझ ठोस मद्धत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।