United Nations Department of Peacekeeping Operations का Under Secretary General Mr Hervé Ladsous द्वारा जंगी अड्डामा सम्बोधन तथा अन्तरक्रिया

१. मिति २०७१ श्रावण ५ गतेबाट नेपालको २ दिने औपचारिक भ्रमणमा रहनु भएका United Nations Department of Peacekeeping Operations sf Under Secretary General Mr Hervé Ladsous ले आज मिति २०७१ श्रावण ०६ गते जंगी अड्डामा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी भई उपस्थित महानुभावहरुलाई सम्बोधन गर्नुभयो । 

२. उक्त अन्तरक्रिया कार्यक्रममा वहाँले नेपाली सेनाका रथीबृन्द एवं अधिकृतहरुका विभिन्न जिज्ञासाहरुको सम्बोधन गर्नुभएको थियो । उक्त सम्बोधनका क्रममा उपमहासचिवले आगामी दिनमा विश्व शान्तिका लागि आउने सुरक्षात्मक चुनौतीलाई सामना गर्न शान्ति सेनालाई Robust Peacekeeping Modality मा लैजानु पर्ने र त्यसका लागि पारवहन, परिचालन र आधुनिक उपकरणबाट सु–सुज्जित शान्ति सैनिक तैनाथ गर्दै द्वन्दग्रस्त क्षेत्रका आम नागरिकहरुको सुरक्षाको लागि तुरुन्त तैनाथ र प्रतिक्रियात्मक क्षमता (Rapid Deployment and Reaction Capability) भएको शान्ति सेनाको आवश्यकता महशुस भएको कुरा बताउनु भयो । सोहि अवसरमा शान्ति सेनामा खट्टि जाने फौजलाई आधुनिकीकरण, नयाँ र प्रभावकारी उपकरणबाट सु–सुज्जित गरी पठाउने तर्फ संयुक्त राष्ट्र संघले सदस्य राष्ट्रहरुसंग राजनैतिक तहमा समन्वय गरीरहेको समेत जानकारी गराउनु भएको थियो । उक्त कार्यक्रमको शुरुमा शान्ति सेना संचालन निर्देशनालयका निर्देशक सहायक रथी श्री तारा बहादुर कार्कीले स्वागत मन्तव्य दिनु भएको थियो । 

३. उक्त अन्तरक्रिया कार्यक्रम पश्चात संयुक्त राष्ट्र संघका उपमहासचिवको सम्मानमा प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.व.रा.ले जंगी अड्डामा दिवा भोजको आयोजना गर्नुभएको थियो । उक्त अवसरमा उपमहासचिव ःच ीबमकयगक ले नेपाल र नेपाली सेनाले संयुक्त राष्ट्र संघले विश्व शान्तिको लागि गरेको प्रयासमा पु¥याएको महत्वपूर्ण योगदान प्रति पुनः कृतज्ञता व्यक्त गर्नुभएको थियो । सो अवसरमा प्रधानसेनापति श्री राणाले संयुक्त राष्ट्र संघको वडापत्र र त्यसको भावना अनुसार विश्व शान्तिका लागि शान्ति सैनिकहरु एक महत्वपूर्ण कडीको रुपमा रहेको विचार व्यक्त गर्नुभयो । शान्ति प्राप्त गर्न बृहत रणनैतिक परिवेश, आन्तरिक साझेदारहरु र अन्तर्राष्ट्रिय समुदाय वीचको गतिशिल र प्रभावकारी एकताले नै हिंसाको अन्त्य गर्न सकिने विचार व्यक्त गर्नुभयो । साथै संयुक्त राष्ट्र संघको छातामूनी रही निष्पक्षता, पेशागत दक्षता एवं निश्वार्थ समर्पण सहित नेपाली शान्ति सैनिकहरुले विश्वका विभिन्न स्थानमा खेलेको भूमिका र त्याग सबैका सामु छर्लङ्ग नै रहेको छ भन्नु हुँदै अन्तर्राष्ट्रिय जगतबाट हाम्रा कार्यप्रति दर्शाईएको हौसला र प्रशंसाले हाम्रो कार्यसम्पादनलाई अझ गुणात्मक बनाउन योगदान पु¥याएको अनुभव नेपाल र नेपाली सेनाले गरेको कुरा व्यक्त गर्नुभयो । सोही अवसरमा विश्व शान्तिका खातिर नेपाल र नेपाली सेना लगायत अन्य सुरक्षा निकायबाट पु¥याईएको योगदान आफैमा अविश्मरणीय त्यस कारणले पनि छ की मानव मात्रको शान्ति र सम्बृद्धिको लागि आप्mनो बहुमुल्य जीवन उत्सर्ग गर्ने नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका वीर सपुतहरुको आहुतीले नेपालको शान्ति प्रतिको प्रतिबद्धतालाई अझ प्रष्टाएको विचार व्यक्त 
गर्नुभयो । 

४. सो कार्यक्रममा कायम मुकायम रक्षा सचिव, संयुक्त राष्ट्रसंघको महासचिवका सैनिक सल्लाहकार, परराष्ट्र मन्त्रालयका पदाधिकारीहरु, संयुक्त राष्ट्र संघका लागि पूर्व राजदुतहरु, पूर्व फोर्स कमाण्डरहरु, प्राज्ञिक व्यक्तित्वहरु लगायत नेपाली सेनाका रथीबृन्द तथा सेनानी समुहको उपस्थिती रहेको थियो । 

५. नेपालको २ दिने औपचारिक भ्रमण सम्पन्न गरी संयुक्त राष्ट्र संघका उपमहासचिव 
Mr Ladsous आजै नेपालबाट प्रस्थान गर्नुभएको छ ।