नेपाली सेनामा VSAT (Very Small Aperture Terminal)प्रणालीमा आधारित संचार प्रणालीको शुभारम्भ

१. आज मिति २०७१ श्रावण ८ गते जंगी अड्डा परिसरमा आयोजित एक विशेष समारोहमा प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.व.रा.ले VSAT (Very Small Aperture Terminal) प्रणालीमा आधारित संचार प्रणालीको प्रयोग नेपाली सेनामा विधिवत शुभारम्भ गर्नुभयो ।

२. नेपाली सेना र Mercantile Communication Pvt. Ltd. का प्राविधिक वीचको सहकार्यमा प्राविधिक तयारी सम्पन्न गरी आजबाट  उक्त VSAT संचार प्रणालीलाई प्रयोगमा ल्याईएको छ । यस संचार प्रणालीले नेपाली सेनाको विभिन्न तह जस्तै पृतना, बाहिनी, गण र गुल्महरुलाई २४ घण्टा केन्द्रसंग प्रभावकारी संचार सम्पर्क कायम गर्नेछ । यस आधुनिक संचार प्रणालीले Video/Data/Telephone/Fax/Internet तथा Voice Conference जस्ता संचार प्रणालीलाई एकल माध्यमबाट संचालन गर्न सकिनेछ । यस संचार प्रणालीलाई सैनिकी उपयोगितामा मात्र सिमित नराखी भविष्यमा मानवीय सहयोग तथा प्राकृतिक विपद् व्यवस्थापन जस्ता समयमा समेत उपयोग गरि जनधनको सुरक्षा एवं उद्धार कार्यलाई समेत प्रभावकारी बनाउन मद्धत पुग्ने र अन्तर्राष्ट्रिय जगतसंगको मानवीय सहयोग तथा उद्धार कार्यमा समेत यस प्रणाली मार्फत समन्वय, सहयोग र सूचनाहरुको आदान—प्रदान गर्न सहायक सिद्ध हुनेछ । 

३. उक्त समारोहमा नेपाली सेनाका रथीबृन्द एवं सेनानी समुहको उपस्थित रहेको र सो कार्यक्रममा प्रधानसेनापति श्री राणाले उपत्यका बाहिरका पृतनापतिहरुसंग  Video Conference  मार्फत कुराकानी गरी आजैबाट उक्त प्रणाली प्रयोगमा ल्याईएको छ ।