बलाध्यक्षज्यूबाट शान्ति स्थापनार्थ खट्टिई जाने फौजको निरीक्षण तथा सम्बोधन

१. आज मिति २०७१ श्रावण ०८ गते बलाध्यक्ष रथी श्री प्रदिप विक्रम राणाबाट संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापनार्थ MONUSCO Mission, कंगोमा तैनाथ हुन जाने श्री भीमदल गण (शा.से.) २१ औं डफ्फाद्वारा पाँचखाल स्थित श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा प्रस्तुत गरेको Pre-Deployment तालिमको अन्तिम प्रवचन, निरीक्षण तथा सम्बोधन गर्नु भयो ।

२. उक्त अवसरमा बलाध्यक्ष रथी श्री राणाले नेपाली सेनाका परमसेनाधिपति सम्माननीय राष्ट्रपति डा.श्री रामवरण यादवको शुभकामना सन्देश पढेर सुनाउनु भएको थियो । उक्त सन्देशमा हाल बिश्वका विभिन्न द्वन्दरत राष्ट्रहरुमा संयुक्त राष्ट्रसंघले शान्ति कायम गर्न गरेको अतुलनीय प्रयासहरुमा नेपाल सरकारको पूर्ण समर्थन र सहयोग रहि आएको तथा नेपाली सेना आफ्नो देशमा मात्रै नभई विदेशमा समेत द्धन्द्धरत स्थलहरुमा शान्ति सु–व्यवस्था कायम गर्न उच्च हौसलाका साथ संलग्न रहेको बताउनु भएको थियो । यसै क्रममा संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना गर्ने पवित्र र महान कार्यमा सहभागी हुन श्री भिमदल गणमा सम्मिलित भई जाने तपाईहरुले विगतमा हाम्रा विर सैनिकहरुले आर्जेको नेपाल र नेपालीहरुको छवि उच्च राख्ने प्रण गर्दै शान्ति स्थापना गर्ने कार्यमा निष्ठा र ईमान्दारीताका साथ समर्पित हुनु हुनेछ भन्ने कुरामा विश्वस्त रहेको समेत बताउनु भएको थियो ।

३. कार्यक्रममा बलाध्यक्ष रथी श्री राणाले नेपाली सेनाको उच्च अनुशासन, अटल बफादारी, कार्य दक्षता तथा शान्ति कार्य प्रतिको प्रतिवद्धतालाई मनन गरी संयुक्त राष्ट्रसंघले नेपाली सेनालाई विभिन्न मिशनमा सहभागी हुन आव्हान गरे अनुरुप शान्ति स्थापना गर्ने जस्तो पवित्र कार्यमा खट्टिई आप्mनो कार्यक्षेत्रतर्फ जाने तयारीमा रहेको उक्त टोलीलाई कार्य सफलताको शुभकामना व्यक्त गर्नुहुंदै MONUSCO Mission चुनौतीपूर्ण भएको हुँदा संयुक्त राष्ट्रसंघ र नेपाली सेनाले दिएको जिम्मेवारी तथा निर्देशनलाई पूर्ण रुपमा पालना गर्दै काम गर्न निर्देशन दिनुभयो । 

३. सोही अवसरमा बलाध्यक्ष रथी श्री राणाले नेपाली सेनाको प्रतिष्ठा बढाउन तथा शान्ति स्थापना कार्यको प्राप्त जिम्मेवारीलाई सफलतापूर्वक सम्पन्न गर्न र पेशागत रुपमा दक्ष, निश्वार्थ भावनाले प्रेरित, अनुशासित र कर्मठ रही काम गर्न आवश्यक रहेको कुरा बताउनु भएको थियो । 

६. उक्त कार्यक्रममा नेपाली सेनाका उच्च पदस्थ अधिकृत, रक्षा मन्त्रालयका पदाधिकारीहरु, पदिक तथा अन्य दर्जाहरुको समेत उपस्थिति रहेको थियो ।