प्रधानसेनापति र तेक्वान्दो Peace Corps फाउण्डेशनका अध्यक्ष वीच शिष्टाचार भेटवार्ता

१. मिति २०७१ श्रावण ०८ गते प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.संग The World Teakwondo Peace Corps Foundation का अध्यक्ष श्री कि बुङ्ग किम सहित ६ सदस्यीय प्रतिनिधि मण्डलले जंगी अड्डामा शिष्टाचार भेटवार्ता गरेको छ । उक्त भेटमा नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश शम्शेर राणा पनि उपस्थित रहनु भएको थियो । 

२. उक्त भेटघाटका अवसरमा तेक्वान्दो खेल तथा खेलकुद गतिविधिका सम्बन्धमा कुराकानी भएको थियो ।