प्रधानसेनापतिद्वारा 1st COAS National Tri-Marathon Competition-2071 का विजेताहरुलाई पुरस्कार वितरण

१. आज मिति २०७१ श्रावण १० गते नेपाली सेनाले आयोजना गरेको 1st COAS National Tri-Marathon Competition-2071प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.को प्रमुख आथित्यमा सम्पन्न भएको छ । 

२. विश्व खेल जगतमा दिन प्रतिदिन नयाँ नयाँ साहसिक एवं रोमाञ्चक खेल प्रति खेल प्रेमीहरुको आर्कषण बढ्दै गएको आजको परिप्रेक्षमा नेपालको विविधताले भरिपूर्ण भुधरातलको अधिकत्म उपयोग गरी विभिन्न मनोरञ्जनात्मक तथा साहसिक खेलहरु संचालन गर्ने क्रममा नेपाली सेनाले पहिलो पटक धादिङ्ग जिल्लाको बैरेनीदेखि चरौदीसम्म यस किसिमको प्रतियोगिता संचालन गरेको हो । उक्त प्रतियोगितामा रनिङ्ग, साईक्लिङ्ग र ¥याफ्टीङ्ग खेल संचालन गरिएको थियो भने प्रतियोगितामा नेपाली सेनाको त्रिभुवन क्लवबाट ३ वटा र गैर सैनिकको तर्फबाट ७ वटा टिम (Yakru Team, Himalayan Single Track Team, Bike Station Team, El Yak Team, Single Track Team, MTB Nepal Team / Super Heroes Team) गरी जम्मा १० टिमहरुले भाग लिएका थिए । प्रत्येक टिममा ४ जनाका दरले उक्त प्रतियोगितामा जम्मा ४० जनाले भाग लिएका थिए ।

३. उक्त प्रतियोगितमा सहभागी टिमहरु मध्ये प्रथम हुने त्रिभुवन क्लवको टिम ‘ए” लाई कार्यक्रमका प्रमुख अतिथी प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.व.रा.ले ट्रफि, मेडल तथा नगद पुरस्कार रु १ लाख प्रदान गर्नुभएको थियो भने दोस्रो र तेस्रो हुने टिमहरु क्रमश नेपाली सेनाको त्रिभुवन क्लव टिम ‘वि’ र हिमालयन सिङ्गल ट्रयाक टीमलाई मेडल तथा नगद पुरस्कार रु ७५ हजार र रु ५० हजार बलाध्यक्ष रथी श्री प्रदिप विक्रम राणा र सैनिक विनय महानिर्देशक उपरथी श्री भिक्टर ज.व.रा.ले वितरण गर्नुभएको थियो । 

४. उक्त प्रतियोगिताको प्रथम चरणमा ६.८ कि.मि. दौड, दोस्रो चरणमा २५.५ कि.मि. साईक्लिङ्ग र तेस्रो चरणमा ११ कि.मि. ¥याफ्टीङ्ग गरी जम्मा दुरी ४३.३ कि.मि. रहेको थियो । प्रथम हुने त्रिभुवन आर्मी क्लव टिम ‘ए’ ले उक्त दुरी २ घण्टा ४१ मिनेट ३९ सेकेण्डमा पुरा गर्न सफल भएको थियो । 

५. उक्त प्रतियोगिताको अवलोकन गर्ने क्रममा प्रधानसेनापति श्री राणाले मासटार देखि बेनीघाट सम्म साईक्लिङ्ग गर्नुभएको थियो । 

६. उक्त कार्यक्रममा नेपाली सेनाका रथीबृन्द, मध्य पृतना अन्तर्गत विभिन्न युनिटका पतिहरु, अधिकृत, पदिक तथा अन्य दर्जाहरु, साईक्लिङ्ग र ¥याफटीङ्ग संघका पदाधिकारीहरु, संचारकर्मी एवं अन्य खेलप्रेमी व्यक्तित्वहरुको समेत उपस्थिती रहेको थियो ।  

७. नेपाली सेनाले खेलकुदको विकासको लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा विभिन्न स्तरको खेलकुद प्रतियोगितामा भाग लिदै आएको र यस किसिमको विशेष खेलकुद प्रतियोगिताको आयोजनाबाट आगामी दिनहरुमा अन्तर्राष्ट्रिय जगतमा समेत नेपाल र नेपालीको उच्च प्रदर्शन गर्न मद्धत पुग्ने मात्र नभई देशको युवा वर्गमा अनुशासन, भातृत्व तथा देशप्रेमको विकासका लागि प्रेरणा मिल्नुको साथै यस किसिमको Adventure Sports  ले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्न समेत थप मद्धत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।