वेलायत सरकारका तर्फबाट नेपाली सेनालाई प्रकोप उद्धार सामग्रीहरु हस्तान्तरण

१. मिति २०७१ श्रावण २० गते काठमाण्डौं स्थित बेलायती राजदुतावासको Defence Section ले बेलायती सरकारका तर्फबाट नेपाली सेनालाई प्रदान गरिएको खोज तथा उद्धार सम्बन्धी विभिन्न उपकरणहरु काठमाण्डौं स्थित वेलायती राजदुतावासका सैनिक सहचारी Col Sean Harris, OBE ले जंगी अड्डामा श्री राष्ट्रिय विकास तथा सुरक्षा महानिर्देशनालयका महानिर्देशक उपरथी श्री वलदेवराज महतलाई करिव £ 60,000 
(ने.रु. ९७,२०,०००।–) मुल्य बरावरको खोज तथा उद्धार सम्बन्धी विभिन्न उपकरणहरु सहयोग स्वरुप हस्तान्तरण गर्नु भएको छ । 

२. उपरोक्त उपकरणहरु विशेष गरि Collapsed Structure Search and Rescue (CSSR) कार्यमा प्रयोग हुने प्रकृतिको रहेको छ । यस किसिमको सहयोगले सिमित परिमाणमा भएता पनि नेपाल वेलायत सहयोगको क्षेत्रलाई निरन्तरता दिनुका साथै नेपाली सेनाको प्रकोपउद्धार क्षमता बृद्धि गर्न थप मद्धत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।