नेपाली सेनाले सुनकोशी नदीको पानीको वहावलाई नियमित गर्न थप एक विष्फोटन

१. मिति २०७१ श्रावण १७ गतेको करिव ०२३० बजे सिन्धुपाल्चोक जिल्लाको राम्चे 
गा.वि.स.–५ को जुरे ईलाकामा गएको पहिरोले अवरुद्ध सुनकोशीको वहावलाई नेपाली सेनाले आज पनि एक पटक विष्फोटन गरी निकाशलाई ठुलो बनाएको छ । 

२. आज उक्त नदीको पानीको भित्री बहाव (Inflow) १७० क्युसेक रहेको र बाहिरी बहाव (Outflow) १८० क्युसेक रहेको छ । आजसम्म उक्त कृतिम तालको पानीको सतह करिव ४० से.मि. घटेको छ । 

३. उक्त तालको रुपमा रहेको पानीलाई क्रमिक रुपमा नियमित बहावमा (Regulated Flow) परिणत गर्ने कार्यको लागि आवश्यक पर्ने श्रोत, साधन र जनशक्तिलाई परिचालन गरि उक्त पानीलाई सक्दो चाँडो गहिरो र फराकिलो निकाश गराई अवरुद्ध कोदारी राजमार्गलाई समेत जतिसक्दो चांडो सुचारु गर्ने योजना अनुसार आजबाट नेपाली सेनाले उक्त स्थानमा Air Compressor मेसिन १ र Drill मेसिन १ उक्त स्थानमा पठाई आवश्यक कार्य भईरहेको छ । उद्धार कार्यको अनुगमनको लागि आज उक्त स्थानमा बलाधिकृत रथी श्री पवन बहादुर पाण्डे जानु भई स्थितीको जानकारी लिनुका साथै आवश्यक निर्देशन समेत दिनुभएको थियो ।