प्रधानसेनापति र भारतीय सेनाका Maj Gen Bhupesh Kumar Jain बीच शिष्टाचार भेटघाट

१. आज मिति २०७१ श्रावण २१ गते प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा. संग भारतीय सेनाका Additional Director General Military Training (A), Maj Gen Bhupesh Kumar Jain नेतृत्वको ३ सदस्यीय भ्रमण दलले जंगी अड्डामा शिष्टाचार भेटवार्ता गरेको छ । 

२. नेपाली सेनाको Professional Military Education (PME) तथा तालिम प्रणालीको स्तर बृद्धि गर्ने सम्बन्धमा उक्त भेटवार्ताका केन्द्रित रहेको थियो । साथै सो अवसरमा सैनिक विनय महानिर्देशक उपरथी श्री भिक्टर ज.ब.रा.को समेत उपस्थिति रहेको थियो ।