सैनिक श्रीमती संघद्धारा राहत सामग्री हस्तान्तरण

१. मिति २०७१ श्रावण १७ गते सिन्धुपाल्चोक जिल्लाको राम्चे गा.वि.स.–५ को जुरे ईलाकामा गएको पहिरो प्रभावितहरुलाई नेपाली सेना सैनिक श्रीमती संघद्धारा जिल्ला दैवी प्रकोप उद्धार समितिलाई आज मिति २०७१ श्रावण २२ गते राहत सामग्रीहरु हस्तान्तरण गरेको छ । 

२. उक्त समितिलाई हस्तान्तरण गरिएको राहत सामग्रीहरुमा त्रिपाल गोटा १००, हरियो मण्डी गोटा १००, चाउचाउ १०० कार्टुन, विस्कुट १०० कार्टुन, चिउरा २०० के.जी. चिनी १०० के.जी. नुन १०० के.जी. र कपडा ३०० जोर रहेको छ ।