नेपाली सेनाद्घारा उद्धार कार्य जारी

१. मिति २०७१ श्रावण १७ गते सिन्धुपाल्चोक जिल्लाको राम्चे गा.वि.स.–५ को जुरे ईलाकामा गएको पहिरोले अवरुद्ध सुनकोशीको वहावलाई सूचारु गर्न नेपाली सेनाले उद्घार कार्य जारी राखेको छ । 

२. आज मिति २०७१ श्रावण २१ गते उक्त तालको पानीको भित्री बहाव (Inflow) १९० क्युसेक रहेको र बाहिरी बहाव (Outflow) २१० क्युसेक रहेको छ भने उक्त कृतिम तालको पानी हालसम्म करिव ५१ से.मि.ले घट्न गएको छ । नेपाली सेनाले तल्लो तटिय क्षेत्रमा पुग्ने संभावित क्षतिलाई दृष्टिगत गरी क्रमिक रुपमा उक्त तालको पानी घटाउन तथा नदीको वहावलाई नियमन गर्न र जतिसक्दो चांडो कोदारी राजमार्गलाई सुचारु गर्न आवश्यक कार्यहरु भईरहेको छ ।