नेपाली सेना तथा USPACOM को संयुक्त आयोजनामा MCIP (Multinational Communication Interoperability Program) प्रारम्भ

१. नेपाली सेना तथा United States Pacific Command (USPACOM) को संयुक्त आयोजनामा संचालन हुन गईरहेको MCIP (Multinational Communication Interoperability Program) को आज मिति २०७१ श्रावण २६ गते व्यवस्था तथा युद्धकार्य महानिर्देशक उपरथी श्री पदम विलास कार्कीबाट समुद्घाटन भयो । २१ राष्ट्रका प्रतिनिधिहरु सहभागी भएको यस कार्यक्रममा नेपाली सेनाका सिग्नल अधिकृतहरुको सहभागीता रहेको छ । नेपालमा श्रावण २७ गतेदेखि भाद्र ६ गतेसम्म संचालन हुने यो अभ्यासमा संचार सम्बन्धी विभिन्न क्षेत्रहरुमा अध्ययन, छलफल तथा अन्तरक्रिया गरिनेछ । 

२. यस Pacific Endeavor PE-14 नामक अभ्यासमा २१ वटा राष्ट्रका सैनिकहरु १८१ जना, Industry, Academia, International Humanitarian Community का प्रतिनिधिहरु ६६ जना र नेपाली सेनाका २२ जना अधिकृत, १८ जना पदिक तथा अन्यदर्जाहरु समेत गरी कुल जम्मा २८७ जनाको सहभागीता रहेको छ । 

३. हरेक बर्ष संचालन हुने (MCPI) कार्यक्रम अन्तर्गत Pacific Endeavor को नामले हरेक बर्ष ३ वटा Staff Workshop र अन्त्यमा Final Exercise हुँदै आईरहेको छ । यसै क्रममा यस बर्ष Staff Workshop-1 New Zealand, Staff Workshop-2 Japan र Staff Workshop-3 Malaysia मा संचालन भईसकेका छन् । Pacific Endeavor PE-14 को Final Exercise नेपाल संचालन हुने र विगतको ५ बर्षमा संचालन भएको मध्ये सबैभन्दा ठुलो Exercise रहेको छ । 

४. यस कार्यक्रमबाट हाम्रो जस्तो प्रकोपको उच्च जोखिममा रहेको मुलुकको लागि संचार सम्बन्धी क्षेत्रमा आपसी छलफल एवं प्रशिक्षणको माध्यमबाट पूर्व तयारी गरी अन्तर्राष्ट्रिय सहयोगलाई समन्वयात्मक ढंगबाट संचालन गर्न महत्पूर्ण योगदान पुग्ने विश्वास लिईएको छ ।