प्रधानसेनापतिद्वारा नेपाली सेनाका उत्कृष्ट खेलाडीहरुलाई पदोन्नतीको दज्र्यानी चिन्ह प्रदान

१. आज मिति २०७१ श्रावण २३ गते प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.ले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताहरुमा सहभागी भई उत्कृष्ट नतिजा हासिल गर्न सफल नेपाली सेना त्रिभुवन आर्मी क्लवका उत्कृष्ट खेलाडीहरुलाई प्रोत्साहन स्वरुप एक तह पदोन्नती भएका ७४ जना खेलाडीहरुमध्ये ६ जना खेलाडीहरुलाई श्री सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा आयोजित विशेष समारोहमा पदोन्नतीको दज्र्यानी चिन्ह प्रदान गर्नुभयो । 

२. उक्त कार्यक्रममा प्रधानसेनापति श्री राणाले खेलाडीहरुलाई सम्बोधन गर्नुहुँदै खेलकुद सैनिक पेशाको एक अभिन्न अंग रहेको र फौजलाई अनुशासित र प्रतिवद्ध बनाई शारीरिक एवं मानसिक रुपमा सक्षम राखी आपसमा स्वस्थ्य प्रतिष्पर्धात्मक भावनाको विकास गर्नमा खेलले पु¥याएको योगदान उल्लेखनीय रहेको र नेपाली सेनाले राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरका खेलकुद प्रतियोगिताहरुको आयोजना गरी खेलको स्तरलाई अभिबृद्धि गर्न मद्धत पु¥याएको विचार व्यक्त गर्नुहुँदै खेलमा समाजको प्रतिनिधित्वलाई विस्तार गर्न प्रथम राष्ट्रिय महिला फुटवल प्रतियोगिता र साहसिक खेलहरु मार्फत पर्यटकीय क्षेत्रको विकासलाई टेवा पु¥याउँदै नेपाललाई विश्व समुदायमा चिनाउन हालै मात्र प्रथम राष्ट्रिय ट्राई–म्याराथन प्रतियोगिता संचालन गरिएको कुरा बताउनु भयो । 

३. सम्बोधनकै क्रममा प्रधानसेनापति श्री राणाले नेपाली सेनाको सीमित श्रोत र साधनका बावजुत खेल क्षेत्रमा पु¥याएको महत्वपूर्ण योगदानको प्रशंसा गर्नुका साथै प्रशिक्षार्थी, खेलाडीहरु एवं प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग पु¥याउनुहुने अन्य सबैलाई बधाई एवं धन्यवाद दिनुहँदै खेलको लगातार स्तरोन्नतीे गरी खेल मार्फत नेपाल र नेपाली सेनाको छवीलाई उच्च राख्ने विश्वास व्यक्त गर्नुभएको थियो । 

४. सो अवसरमा प्रधानसेनापति श्री राणाले त्रिभुवन आर्मी क्लवका लागि स्वदेश तथा विदेशबाट खरिद गरिएका विभिन्न किसिमका खेलकुद सामग्रीहरु एवं 400 m Speed Endurance Building Obstacle (SEBO) र Combat Efficiency Training (CET)  को प्रदर्शन, ह्यामर थ्रो को केज तथा आर्चरी खेलको अवलोकन समेत गर्नुभएको थियो । 

५. मित्रराष्ट्र कोरियामा संचालन हुने १७ औं एशियाली खेलकुद प्रतियोगितामा त्रिभुवन आर्मी क्लबका तेक्वान्दोतर्फ ५ जना, वक्सिङ्ग, ट्रायथलनतर्फ ४÷४ जना, एथलेक्टिक्स तर्फ ३ जना, व्याडमिन्टनतर्फ २ जना, भारोत्तोलन, जुडो र उसुतर्फ १÷१ जना खेलाडीहरु छनौंट भएका छन् भने भारत्तोलनतर्फ यसै साल भएको राष्ट्रिय भारत्तोलन प्रतियोगितामा जम. कमल अधिकारी र हु. दिनेश श्रेष्ठले क्रमशः ५९ के.जी. र ९४ के.जी. तौल समुहमा राष्ट्रिय रेकर्डसहित स्वर्ण पदक जित्न सफल भएका छन् ।

६. नेपाली सेनाले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताहरुमा सहभागी भई उत्कृष्ट नतिजा हासिल गर्न सफल त्रिभुवन आर्मी क्लवका खेलाडीहरुलाई पदोन्नती गर्नुका साथै अन्य खेलाडीहरुलाई पुरस्कार तथा कदर स्वरुप शान्ति सेना मिशनमा सहभागी गराउँदै आईरहेको छ । नेपाली सेनाका खेलाडीहरुलाई यसरी पुरस्कृत गर्दा खेलाडीहरुमा प्रतिस्पर्धी क्षमता अभिबृद्धि हुने र खेलको माध्यमबाट नेपाली सेनाको छवी उच्च हुनुको साथै राष्ट्रको ख्याती बढाउँन समेत थप मद्धत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।