नेपाली सेनाद्घारा उद्धार कार्य जारी

१. मिति २०७१ श्रावण १७ गते सिन्धुपाल्चोक जिल्लाको राम्चे गा.वि.स.–५ को जुरे ईलाकामा गएको पहिरोले अवरुद्ध सुनकोशीको वहावलाई सूचारु गर्न नेपाली सेनाले आज मिति २०७१ श्रावण २३ गते नौं पटक विष्फोट गरेको छ । 

२. आज उक्त कृतिम तालको पानीको भित्री बहाव (Inflow) २१५ क्युसेक रहेको र बाहिरी बहाव (Outflow) २२७ क्युसेक रहेको छ भने उक्त कृतिम तालको पानी विस्तारै घट्ने क्रममा रहेको छ । उक्त स्थानमा खोज तथा उद्धार कार्यको लागि नेपाली सेना अहोरात्र खट्टिरहेको र उक्त पानीलाई सक्दो चाँडो गहिरो र फराकिलो निकाश गराई अवरुद्ध कोदारी राजमार्गलाई समेत जतिसक्दो चांडो सुचारु गर्ने योजना रहेको 
छ ।