नेपाली सेनाद्घारा उद्धार कार्य जारी

१. मिति २०७१ श्रावण १७ गते सिन्धुपाल्चोक जिल्लाको राम्चे गा.वि.स.–५ को जुरे ईलाकामा गएको पहिरोले अवरुद्ध सुनकोशीको वहावलाई सूचारु गर्न नेपाली सेनाले आज मिति २०७१ श्रावण २४ गते सात पटक विष्फोट गरेको छ । 

२. आज उक्त कृतिम तालको पानीको भित्री बहाव (Inflow) २०५ क्युसेक रहेको र बाहिरी बहाव (Outflow) २१० क्युसेक रहेको छ भने उक्त कृतिम तालको पानी आज  करिव ७ से.मि.ले घट्न गएको छ । उक्त स्थानमा खोज तथा उद्धार कार्यको लागि हिजो लामोसाँघु पु¥याईएको दुईवटा एक्स्काभेटरको केही पार्टपुृर्जा आज नेपाली सेनाको एम.आई. १७ हेलिकोप्टरले उक्त स्थानमा लगेको छ भने बांकी पाटपुर्जा भोली लैजाने व्यवस्था मिलाईएको छ । नेपाली सेनाको उक्त कृतिम तालको पानीलाई सक्दो चाँडो गहिरो र फराकिलो निकाश गराउने र अवरुद्ध कोदारी राजमार्गलाई समेत जतिसक्दो चांडो सुचारु गर्ने योजना रहेको छ ।