नेपाली सेनाद्घारा उद्धार कार्य जारी

१. मिति २०७१ श्रावण १७ गते सिन्धुपाल्चोक जिल्लाको राम्चे गा.वि.स.–५ को जुरे ईलाकामा गएको पहिरोले अवरुद्ध सुनकोशीको वहावलाई सूचारु गर्न नेपाली सेनाले आज मिति २०७१ श्रावण २५ गते ८ वटा  विष्फोट गरेको छ । 

२. आजै नेपाली सेनाको एम.आई. १७ हेलिकप्टरले उक्त पहिरोबाट प्रभावित माथील्लो तटिय क्षेत्रका बासिन्दाहरुको लागि विभिन्न संघ संस्थाहरुद्वारा संकलित ८४०० के.जी. राहत सामग्रीहरु लामो साघुँबाट बाह्रविसे पु¥याउने कार्यसमेत गरेकोे छ । 

३. आज दिउंसो लिइएको मापन अनुसार उक्त कृतिम तालको पानीको भित्री बहाव (Inflow)३५० क्युसेक रहेको र बाहिरी बहाव (Outflow) ४५० क्युसेक रहेको छ । पानी निकास गराउने कार्यलाई थप प्रभावकारी बनाउन हिजो लामोसाँघु पु¥याईएको दुईवटा एक्स्काभेटरका सम्पूर्ण पार्टपुर्जाहरु आज नेपाली सेनाको एम.आई. १७ हेलिकोप्टरले उक्त स्थानमा पु¥याउने काम सम्पन्न गरेको छ । उक्त एक्स्काभेटरका केहि पार्टपुर्जाहरु हिजो नै ड्याम साईटमा पु¥याइएको थियो भने बाँकी सम्पूर्ण पार्टपुर्जाहरु आज पु¥याई सो एक्स्काभेटर जोड्ने कार्य सुरु भएको छ । उक्त कृतिम तालको पानीलाई सक्दो चाँडोे निकाश गराउने र अवरुद्ध कोदारी राजमार्गलाई समेत जतिसक्दो चांडो सुचारु गर्ने नेपाली सेनाको योजना रहेको छ ।