नेपाली सेनाद्घारा उद्धार कार्य जारी

१.  मिति २०७१ श्रावण १७ गते सिन्धुपाल्चोक जिल्लाको राम्चे गा.वि.स.–५ को जुरे ईलाकामा गएको पहिरोले अवरुद्ध सुनकोशीको वहावलाई सूचारु गर्न नेपाली सेनाले आज मिति २०७१ श्रावण २७ गते ८ वटा  विष्फोट गरेको छ ।

२.  आज दिउंसो लिइएको मापन अनुसार उक्त कृतिम तालको पानीको भित्री बहाव (Inflow) २५० क्युसेक रहेको र बाहिरी बहाव (Outflow) ३०५ क्युसेक रहेको छ । पानी निकास गराउने कार्यलाई थप प्रभावकारी बनाउन नेपाली सेनाको एम.आई. १७ हेलिकोप्टरबाट ड्याम साईटमा पु¥याईएका दुईवटा एक्स्काभेटरका पार्टपुर्जाहरु जोड्ने कार्य भई सकेको छ भने भोलीबाट उक्त स्काईभेटरद्धारा पहिरो हटाउने कार्य सुरु गर्ने योजना रहेको छ । नेपाली सेनाले आजैबाट बैकल्पिक अस्थाई मार्ग (Alternative Bypass Road) खोल्ने कार्य समेत सुरु गरेको छ ।