नेपाली सेनाद्घारा उद्धार कार्य जारी

१. मिति २०७१ श्रावण १७ गते सिन्धुपाल्चोक जिल्लाको राम्चे गा.वि.स.–५ को जुरे ईलाकामा गएको पहिरोले अवरुद्ध सुनकोशीको वहावलाई सूचारु गर्न नेपाली सेनाले आज मिति २०७१ श्रावण २७ गते ६ वटा  विष्फोट गरेको छ । 

२. आज दिउंसो लिइएको मापन अनुसार उक्त कृतिम तालको पानीको भित्री बहाव (Inflow)२५५ क्युसेक रहेको र बाहिरी बहाव (Outflow)३९७ क्युसेक रहेको छ । पानी निकास गराउने कार्यलाई थप प्रभावकारी बनाउन नेपाली सेनाको एम.आई. १७ हेलिकोप्टरद्धारा ड्याम साईटमा पु¥याईएका दुईवटा एक्स्काभेटरहरुले पहिरो हटाउने कार्य सुरु गरेको र आजसम्म बैकल्पिक अस्थाई मार्ग (Alternative Bypass Road) खोल्ने क्रममा १५० मिटर पाईलट ट्रयाक खोल्ने कार्य भईसकेको छ ।