नेपाली सेनाद्घारा उद्धार कार्य जारी

१. मिति २०७१ श्रावण १७ गते सिन्धुपाल्चोक जिल्लाको राम्चे गा.वि.स.–५ को जुरे ईलाकामा गएको पहिरोले अवरुद्ध सुनकोशीको वहावलाई सूचारु गर्न नेपाली सेनाले निरन्तर रुपमा काम अगाडी बढाईरहेको छ । सुनकोशीको बहावलाई पुरानै अवस्थामा फर्काउन, बैकल्पिक मार्गको ट्रयाक खोल्न, पहिरो हटाउन तथा पहिरो पिडित स्थानीय बासिन्दाहरुको राहत तथा सुरक्षाको लागि नेपाली सेनाको नं.२६ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी आश्विन कुमार थापा को नेतृत्वमा ५०० भन्दा बढी नफ्रिमा फौज प्रतिकुल मौसमको बाबजुद पनि उद्धार तथा राहत कार्यमा जुट्दै आईरहेको छ । 

२. पहिरोले अवरुद्ध सुनकोशीको बहाव सुचारु गर्न आज मिति २०७१ श्रावण २९ गते नेपाली सेनाले ३ वटा  विष्फोट गरेको छ । आज दिउंसो लिइएको मापन अनुसार उक्त कृत्रिम तालको पानीको भित्री बहाव (Inflow) ३२० क्युसेक रहेको र बाहिरी बहाव (Outflow) ५३० क्युसेक रहेको छ । पानी निकास गराउनको लागि नेपाली सेनाको दुईवटा एक्स्काभेटरहरुबाट कार्य भईरहेको छ । भारी वर्षाका कारण बैकल्पिक अस्थाई मार्ग (Alternative Bypass Road)  निर्माण गर्ने क्रममा केही कठिनाई उत्पन्न भएतापनि आजसम्म करिव २०० मिटर पाईलट ट्रयाक खोल्ने कार्य सम्पन्न भएको छ ।

३. जतिसक्दो चांडो बैकल्पिक मार्गको निर्माण गरी अवरुद्ध अरनिको राजमार्गलाई सुचारु राख्ने र सुनकोशी नदीको बहावलाई पुरानै अवस्थामा फर्काउन नेपाली सेना तदारुकताका साथ क्रियाशील रहेको छ ।