नेपाली सेनाद्घारा देशको विभिन्न स्थानमा आएको बाढी र पहिरोमा राहत तथा उद्धार कार्य जारी

१. मिति २०७१ श्रावण २९ गतेबाट अविरल बर्षा भई देशका विभिन्न स्थानमा गएको बाढी तथा पहिरोको कारण नेपाली सेनाको उद्धार टोली परिचालन भई उद्धार कार्य गरिरहेको छ । 

२. उद्धारको क्रममा सुनसरी–धनकुटा सडक खण्डको मुलघाट ईलाकामा क्षति भएको डाईभर्सन मर्मत कार्य पुरा गरी यातायात सुचारु गरेको, सिराहा जिल्लाको चिकना गा.वि.स.को रामपुर भेडियास्थित कमला नदिमा फुटेको १०० मिटर तटबन्ध मर्मत गरेको, रौतहट जिल्लाको लालबकैया नदीको फुटेको तटबन्ध निर्माण कार्य गरेको तथा वागमती नदिमा आएको बाढीको कारण धरमपुर गा.वि.स.मा डुवानमा परेकाहरुको उद्धार गरेको छ । 

३. त्यसैगरी, सुर्खेत जिल्लाको छिन्चुमा पहिरो गई अवरुद्ध सडक सुचारु गर्न पहिरो हटाउने कार्य भईरहेको,  साताखानी गा.वि.स.मा पहिरो गई १४ घर बगाएको स्थानमा उद्धार कार्य जारी रहेको, तथा लाटिकोईली गा.वि.स. र ईत्राम ईलाकामा डुवानमा परेकाहरुको रवरबोटको सहयोगद्वारा उद्धार गरेको, दाङ्ग जिल्लाको लालमिटया ईलाका तथा अन्य विभिन्न स्थानहरुमा डुवानमा परेकाहरुको उद्धार गर्नुका साथै नेपाली सेनाको सुपरपुमा हेलिकप्टरद्वारा डुवान ईलाकामा रहेका व्यक्तिहरुको सामानहरु सुरक्षित स्थानमा सार्ने कार्य गरेको, वर्दिया जिल्लाको गुलरिया नगरपालिकाको बसपार्क, संगमवस्ती तथा गिरीटोल ईलाकामा डुवानमा परेकाहरुकाहरुलाई उद्धार कार्यमा सहयोग गरेको, सल्यान जिल्लाको सारदा नगरपालिका साउटोलमा पहिरोले घर वगाएको स्थानमा उद्धार कार्यमा सहयोग गरेको छ । 

४. सोही क्रममा मिति २०७१ श्रावण ३० गते बर्दिया जिल्लाको वगनाहा ईलाकामा अलपत्र परेका करिव २०० जनालाई नेपाली सेनाको एम.आई.१७ हेलिकप्टरले उद्धार गरी सुरक्षित स्थानतर्फ लगेको साथै आज मिति २०७१ श्रावण ३१ गते बर्दिया जिल्लाको पदमपुर ईलाकाबाट ३५ जना, कृष्णसारबाट २८० जना र बानियाभारबाट ३ जना गरी जम्मा ३१८ जनालाई उद्धार गरी नेपाली सेनाको एम.आई.१७ हेलिकप्टरद्वारा गुलरिया ल्याएको छ । 

५. आज मिति २०७१ श्रावण ३१ गतेको १७०० बजेसम्म नेपाली सेनाको एम.आई.१७ हेलिकप्टरले दुई हजार के.जि. बराबरको राहत सामाग्रीहरु बांके जिल्लाको होलियातर्फ पु¥याएको छ भने नेपाली सेनाको सुपरपुमा हेलिकप्टरले एघार सय के.जि. बराबरको राहत सामाग्री बांके जिल्लाको गंगापुर ईलाकामा पु¥याएको छ । 

६. यसै गरी देशका विभिन्न स्थानमा बाढी पहिरोबाट प्रभावित अन्य ईलाकाहरुमा पनि नेपाली सेनाको राहत तथा उद्धार कार्य निरन्तर जारी रहेको छ ।