नेपाली सेनाद्घारा उद्धार कार्य जारी

१. मिति २०७१ श्रावण १७ गते सिन्धुपाल्चोक जिल्लाको राम्चे गा.वि.स.–५ को जुरे ईलाकामा गएको पहिरोले अवरुद्ध सुनकोशीको बहाबलाई सूचारु गर्न नेपाली सेनाले आज मिति २०७१ श्रावण ३१ गते ३ वटा विष्फोट गरेको छ । 

२. आज दिउंसो लिइएको मापन अनुसार उक्त कृत्रिम तालको पानीको भित्री बहाब (Inflow) २८० क्युसेक रहेको र बाहिरी बहाब (Outflow)३९२ क्युसेक रहेको छ । पानी निकास गराउने कार्यलाई थप प्रभावकारी बनाउन जनबल तथा विष्फोटक पदार्थको प्रयोगको साथै नेपाली सेनाको एक्स्काभेटरहरु प्रयोग गरी पहिरो हटाउने कार्य भैरहेको छ । यसैगरी बैकल्पिक अस्थाई मार्ग (Alternative Bypass Road) खोल्न पाईलट ट्र्याक खोल्ने कार्य समेत जारी रहेको छ ।

३. आज उक्त स्थानमा व्यवस्था तथा युद्धकार्य महानिर्देशक उपरथी श्री पदम विलास कार्की द्वारा निरिक्षण गर्नुभई आवश्यक निर्देशन समेत दिनुभएको छ । साथै आजै सोही स्थानमा भूगर्व विद् डा.रञ्जन कुमार दाहाल लगायतका विज्ञहरुले पनि स्थलगत भ्रमण गर्नुभएको र वहाँहरुले पनि हालको प्रकोप व्यवस्थापनलाई सहज ढङ्गले अगाडी बढाउन नेपाली सेनाले अपनाएको विधि नै उपयुक्त भएको राय दिनुभएको थियो ।