नेपाली सेनाको एक टोली ईन्डोनेसिया प्रस्थान

१. मित्रराष्ट्र ईन्डोनेसियाको Sentul Bogor मा USPACOM"s Global Peace Operation Initative (GPOI) र Indonesia Defence Forces को संयुक्त आयोजनामा मिति २०७१ भाद्र ३ गते देखि ऐ.१६ गतेसम्म संचालन हुने ू"Garuda Canti Dharma 2014" Multinational Peace Support Operation Exercise मा सहभागी हुन नेपाली सेनाको एक टोली हिजो मिति २०७१ श्रावण ३१ गतेको २३३० बजे त्रिभुवन विमानस्थलबाट त्यसतर्फ प्रस्थान गरेको छ ।
  
२. ११ जना अधिकृत सहित जम्मा ४३ जनाको उक्त टोलीले सिनियर ट्रेनिङ्ग सेमिनार, सिचुएसनल ट्रेनिङ्ग एक्सरसाईज, फिल्ड ट्रेनिङ्ग एक्सरसाईज र से.मु. तहको अभ्यासहरुमा छुट्टाछुट्टै रुपमा भाग लिनेछन् । USPACOM, GPOI द्धारा वार्षिक रुपमा संचालन गरिने यस प्रकारको बहुराष्ट्रिय अभ्यास यस वर्ष ईन्डोनेसियामा संचालन हुन लागेको हो । यस प्रकारको बहुराष्ट्रिय अभ्यास सन् २००० र सन् २०१३ मा अभ्यास “SHANTI PRAYAS-I” र अभ्यास “SHANTI PRAYAS-II” को नाममा नेपालमा पनि संचालन भईसकेको छ । यस किसिमको अभ्यासबाट शान्ति स्थापना कार्यमा खट्टिने फौजको कार्यदक्षता अभिबृद्धि गर्न मद्दत पुग्नुको साथै सहभागी मुलुकहरुले आ–आफ्नो शान्ति स्थापना कार्य सम्बन्धी ज्ञान, सिप र अनुभवको आदान—प्रदान गर्न थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।