EX-SURYA KIRAN-VII शुभारभ्म

१. भारतको पिथौरागढमा संचालन हुने नेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यास "Indo-Nepal Joint Group Training EX-SURYA KIRAN-VII"आज मिति २०७१ भाद्र ०२ गते बाट शुभारम्भ भएको छ । 

२. प्रतिविद्रोह तथा जंगल वारफेयर,  Disaster Management अन्तर्गत Pandemic/Epidemic Disaster, Counter Insurgency तथा Counter Terrorism, Disaster Relief and Casualty Evacuation मा हेलिकोप्टरको समेत प्रयोग गरी संचालन हुने उक्त अभ्यासको यो सातौं संस्करण हो । नेपाली सेनाबाट २९२ जना र भारतीय सेनाबाट पनि लगभग सोही नफ्रि समावेश भई संचालन हुन लागेको यो सातौ संयुक्त अभ्यास आगामी भाद्र १५ गते सम्पन्न हुने कार्यक्रम रहेको छ । यस भन्दा अगाडी भारतीय सेनाको Counter Insurgency & Jungle Warfare (CIJW) School मजोरममा मार्च २०११ मा, भारतको चौवत्तिया उत्तराखण्डमा जुन २०१२ मा र भारतको पिथौरागढमा सेप्टम्बर–अक्टोबर २०१३ मा गरी तिन पटक यस किसिमको संयुक्त अभ्यास संचालन भएको थियो । त्यसैगरी यस भन्दा पहिला नेपालको श्री प्रतिविद्रोह तथा जंगल वारफेयर शिक्षालय, अमलेखगंजमा डिसेम्बर २०११, डिसेम्बर २०१२ र अप्रिल २०१३ मा यस किसिमको संयुक्त अभ्यास संचालन भईसकेको छ । हाल हुन गईरहेको यो अभ्यास भारतमा चौथो पटक हुँदैछ । 

३. यस संयुक्त अभ्यासमा फौजहरुले प्रतिव्रिदोह तथा जंगलमा गर्नुपर्ने युद्धकला सम्बन्धि प्राप्त सैद्धान्तिक ज्ञानलाई व्यवहारिक रुपमा प्रयोग गर्ने अभ्यास गर्नेछन् । यस अभ्यासले नेपाली सेना र भारतीय सेनाको सैद्धान्तिक, व्यवहारिक र विशेष अनुभवहरुको आदान प्रदान सैनिक संगठनको तल्लो निकायसम्म पु¥याउन सहयोग पुग्ने छ । साथै यस अभ्यासले नेपाली सेनाको अन्य सैनिक संगठनहरुसंग सहकार्य गरी सैनिक कारवाही संचालन गर्न सक्ने क्षमतालाई समेत अभिबृद्धि गर्न विशेष सहयोग पुग्न जानेछ । नेपाली सेना र भारतीय सेना वीचको यस किसिमको सैनिक अभ्यासले दुई देश वीच सदियौं देखि रहेको मैत्रिपूर्ण पारस्परिक सम्बन्धलाई अझ बढी प्रगाढ एवं सौहार्द बनाउन सहयोग पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।