नेपाली सेनाद्घारा उद्धार कार्य जारी

१. मिति २०७१ श्रावण १७ गते सिन्धुपाल्चोक जिल्लाको राम्चे गा.वि.स.–५ को जुरे ईलाकामा गएको पहिरोले अवरुद्ध सुनकोशीको बहाबलाई सूचारु गर्न नेपाली सेनाले आज मिति २०७१ भाद्र २ गते २ वटा विष्फोट गरेको छ । 

२. आज दिउंसो लिइएको मापन अनुसार उक्त कृत्रिम तालको पानीको भित्री बहाब (Inflow) २३५ क्युसेक रहेको र बाहिरी बहाब (Outflow) २७० क्युसेक रहेको छ भने उक्त कृतिम तालको पानीको सतह २० से.मि.ले घटेको छ । पानी निकास गराउने कार्यलाई थप प्रभावकारी बनाउन जनबल तथा विष्फोटक पदार्थको प्रयोगको साथै नेपाली सेनाको एक्स्काभेटरहरु प्रयोग गरी पहिरो हटाउने कार्य भैरहेको छ । यसैगरी बैकल्पिक अस्थाई मार्ग (Alternative Bypass Road) खोल्न पाईलट ट्र्याक करिव ५०० मिटर पुरा भई सकेको र बांकी खोल्ने कार्य समेत जारी रहेको छ ।