नेपाली सेनाद्घारा देशको विभिन्न स्थानमा आएको बाढी र पहिरोमा राहत तथा उद्धार कार्य जारी

१. मिति २०७१ श्रावण २९ गतेबाट अविरल बर्षा भई देशका विभिन्न स्थानमा गएको बाढी तथा पहिरोको कारण नेपाली सेनाको उद्धार टोली परिचालन भई उद्धार कार्य गरिरहेको छ । 

२. नेपाली सेनाले सुर्खेत जिल्लाको कुईनेपानीमा गएको पहिरो हटाउने कार्य तथा जरबुटा–५, खोरियामा खोज तथा उद्धार कार्य जारी राखेको छ । बांके जिल्ला प्रशासन कार्यालयमा राहत सामग्री वितरण कार्यमा समेत परिचालन भईरहेको छ । बर्दियाको शिवपुर र जप्दीघाट ईलाका, दाङ्गको गोलटाकुरी र डडुवा ईलाकामा खोज तथा उद्धार कार्यमा खट्टिरहेको छ भने बाजुरा जिल्लाको त्रिवेणी जलविद्युत आयोजनाको क्षतिग्रस्त नहर मर्मत कार्य तथा  कैलाली–टिकापुर राजकुलो मर्मत कार्यमा समेत नेपाली सेनाको फौज परिचालन भईरहेका छन् ।
 
३. यसैगरी, नेपाली सेनाको सुपरपुमा हेलिकप्टरद्वारा नेपालगंजबाट बाँके फत्तेपुरमा २५०० के.जी., नेपाली सेनाको एम आई १७ हेलिकप्टरद्वारा नेपालगंजबाट सुर्खेतमा ८५० के.जी. र जाजरकोट जिल्ला सदरमुकामबाट सकला र रामीडाँडा गा.वि.स.मा १६०० के.जी., नेपाली सेनाको एलुवेट हेलिकप्टरले सुर्खेतको सिस्नेरी, भ¥याङ्ग, साझघाट तथा भेरी छाल ईलाकामा राहत सामग्री ढुवानी गर्नुका साथै नेपाली सेनाको एलुवेट हेलिकप्टरले सुर्खेतको सिस्नेरीबाट डुवानमा परेका १३ जना विद्यार्थीलाई सुरक्षित स्थानमा लगेको र सुर्खेत जिल्लाकै हरिहरपुरबाट १७ जना र साताखानीबाट ८ जना विरामीको उद्धार गरी सुर्खेत लगिएको छ । साथै नेपाल रेडक्रसका २ जना र नेपाल सरकारका स्वास्थ्यकर्मी ७ जनालाई सुर्खेतको तातोपानी, सशस्त्र प्रहरी बलका १÷२१, नेपाल रेडक्रसका ३ जना, नेपाल सरकारका स्वास्थ्यकर्मी १ जनालाई सुर्खेतको हरिहरपुर र सशस्त्र प्रहरी बलका १÷२० जनालाई सुर्खेतकै घाटगाउंमा नेपाली सेनाको हेलिकप्टरद्धारा लगिएको थियो । 

४. यसैगरी, देशका १४ वटा जिल्लाका बाढी पहिरोबाट प्रभावित ईलाकाहरुमा नेपाली सेनाका फौज परिचालित भई ५८० जना सर्वसाधारणहरुलाई उद्धार गरी सुरक्षित स्थानमा पु¥याईएको छ भने हालसम्म ३५ हजार ५ सय ९ के.जी. राहत सामग्री ढुवानी गरि सकिएको छ ।