नेपाली सेनाद्घारा उद्धार कार्य जारी

१. मिति २०७१ श्रावण १७ गते सिन्धुपाल्चोक जिल्लाको राम्चे गा.वि.स.–५ को जुरे ईलाकामा गएको पहिरोले अवरुद्ध सुनकोशीको बहाबलाई सूचारु गर्न नेपाली सेनाले आज पनि कार्य जारी राखेको छ । आज दिउंसो लिइएको मापन अनुसार उक्त कृत्रिम तालको पानीको भित्री बहाब (Inflow) २४५ क्युसेक रहेको र बाहिरी बहाब (Outflow) २७५ क्युसेक रहेको छ । यसैगरी बैकल्पिक अस्थाई मार्ग (Alternative Bypass Road) खोल्न पाईलट ट्र्याक करिव ५५० मिटर पुरा भई सकेको र बांकी खोल्ने कार्य समेत जारी रहेको छ । आजै उक्त स्थानमा व्यवस्था तथा युद्धकार्य महानिर्देशक उपरथी श्री भिक्टर ज.व.रा. र उपत्यका पृतनापति उपरथी श्री हिमालय थापाले निरिक्षण गर्नुभई उद्धार कार्यमा संलग्न फौजलाई उद्धारकार्य अझ दु्रत ढङ्गबाट संचालन गर्न निर्देशन समेत दिनुभयो । 
२. यसैगरी, मिति २०७१ श्रावण २९ गतेबाट अविरल बर्षा भई देशका विभिन्न स्थानमा गएको बाढी तथा पहिरोको कारण नेपाली सेनाको उद्धार टोली परिचालन भई उद्धार कार्य गरिरहेको छ । सोही क्रममा, नेपाली सेनाले सुर्खेत जिल्लाको कुईनेपानीमा गएको पहिरो हटाउने कार्य तथा सुर्खेतकै मुरेली खोला ईलाका, बांकेको उडारा, बसुदेवपुर, डडुवा खोला ईलाका, सल्यानको निगलचुला, जाजरकोट सकला र रामिडांडा गा.वि.स., कैलालीको टिकापुर नगरपालिका तथा दाङ्ग जिल्लाको गोल्टाकुरी ईलाकामा उद्धार कार्य जारी राखेको 
छ ।  
३. यसैगरी, नेपाली सेनाको एम.आई.१७ हेलिकप्टरद्वारा सुर्खेतको तातोपानी ईलाकामा १३५० के.जी., लेकपराजुलमा १७८० के.जी. र तरङ्गमा १७२० के.जी., थापाडेडा र हरिहरपुरमा २७६५ के.जी. राहत सामग्री पु¥याउनुको साथै तातोपानी ईलाकाबाट ५ जना र थापाडेडा तथा हरिहरपुरबाट २० जना विरामीलाई सुर्खेत ल्याएको छ । नेपाली सेनाकै सुपरपुमा हेलिकप्टरद्धारा बांकेको फक्तेपुरमा ९०० के.जी. तथा नेपालगंजबाट ६०० के.जी. दाङ्गमा र दाङ्गबाट पुरनधारामा १५०० के.जी. र गोल्टाकुरामा १४०० के.जी. राहत सामग्री पु¥याएको छ ।