सैनिक स्वास्थ्य महानिर्देशकद्धारा नेपाली सेना स्वास्थ्य बिज्ञान संस्थानको निरिक्षण

१. आज मिति २०७१ भाद्र ५ गते सैनिक स्वास्थ्य महानिर्देशक प्रा.उपरथी डा. श्री शिव बहादुर बस्नेतले काठमाण्डौ भण्डारखाल स्थित नेपाली सेना स्वास्थ्य बिज्ञान संस्थानको निरीक्षण भ्रमण गर्नु भएको छ । 

२. सैनिक कल्याणकारी कोषद्धारा संचालित उक्त संस्थान बि.सं. २०६९ जेष्ठ १० गते बहालवाला तथा भूतपुर्व सैनिकका सन्तति तथा गैर सैनिक व्यक्तिहरुका सन्ततिहरुलाई समेत उच्च तहको स्वास्थ्य शिक्षा प्रदान गर्ने हेतुले स्थापना भएको थियो । उक्त संस्थान अन्तर्गत कलेज अफ मेडिसिनमा ३००, कलेज अफ नर्सिङ्गमा २८० जना शिक्षार्थीहरु अध्ययनरत रहेका छन्, जस अन्तर्गत कलेज अफ मेडिसिनमा गैर सैनिकका सन्तति १३४ र बिदेशी शिक्षार्थी ६ जना MBBS  संकायमा अध्ययनरत छन् भने कलेज अफ नर्सिङ्गमा गैर सैनिक व्यक्तिका सन्तति १५५ जना बिभिन्न तहको नर्सिङ्ग संकायमा अध्ययनरत रहेका छन् । त्यसैगरी सैनिक तर्पm ९३ जना र गैर सैनिक तर्पm ५३ जना बिद्यार्थीहरुले आंशिक तथा पूर्ण छात्रबृत्ति पाईरहेका छन् । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (CTEVT ) बाट कलेज अफ नर्सिङ्गलाई २०७१ सालको स्वास्थ्य क्षेत्र तर्पm उत्कृष्ट शिक्षण संस्था घोषणा गरिएको थियो । 

३. नेपाली सेना स्वास्थ्य बिज्ञान संस्थानमा भबिष्यमा कलेज अफ मेडिकल पोलिटेक्निक स्थापना गर्ने, कलेज अफ डेन्टल सर्जरी स्थापना गर्ने, कलेज अफ मेडिसिन तथा कलेज अफ नर्सिङ्गमा स्नाकोत्तर तहको अध्ययन अध्यापन प्रारम्भ गर्ने र उक्त संस्थानको शिक्षण अस्पतालको रुपमा रहेका श्री वीरेन्द्र अस्पताल छाउनीमा २०७१ मंसिर महिनासम्म १५० बेड संख्या थप गर्ने योजना रहेको छ । 

४. उक्त निरिक्षण भ्रमणको दौरान नेपाली सेना स्वास्थ्य बिज्ञान संस्थानका कार्यकारी निर्देशक प्रा.उ.र.(अ.प्रा.) डा. श्री प्रकाशराज पाण्डेले उक्त संस्थानको बस्तुस्थिति बारे जानकारी गराउनु भएको थियो । उक्त अवसरमा श्री कल्याणकारी योजना निर्देशनालयका निर्देशक सहायक रथी श्री धनिदास कार्की लगायतका रथीबृन्द तथा अधिकृतहरुका साथै उक्त संस्थानका पदाधिकारीको उपस्थिति रहेको थियो ।