नेपाली सेनाद्धारा उद्धार कार्य जारी

१. अविरल बर्षाका कारण देशका बिभिन्न स्थानहरुमा बाढी तथा पहिरोको कारण उत्पन्न बिपद उद्धारको लागि खट्टिएको नेपाली सेनाले आज पनि खोज तथा उद्धार कार्य जारी राखेको छ । जसअन्तर्गत सुर्खेत, बांके, बर्दिया, बाजुरा र सिन्धुपाल्चोक जिल्लामा खोज तथा उद्धार कार्य जारी राखेको छ । 

२. त्यसैगरी ताप्लेजुङ्ग जिल्लाको मेची राजमार्ग अन्तर्गत सेशम्भु गा.वि.स. मा गएको पहिरोको कारण पांचथर ताप्लेजुङ्ग सडक खण्ड अवरुद्ध भएकोमा नेपाली सेना परिचालित भई पहिरो हटाउने कार्य भईरहेको छ । साथै तनहुं जिल्लाको सेती नदीमा आएको बाढीको कारण शुक्लागण्डकी नगरपालिका ३ का करिव ३५÷३६ घर जोखिममा परेकोले उद्धार कार्यको लागि फौज परिचालन भई उद्धारको कार्य शुरु गरिएको छ ।