नेपाली सेनाद्धारा उद्धार कार्य जारी

१. अविरल बर्षाका कारण देशका बिभिन्न स्थानहरुमा बाढी तथा पहिरोको कारण उत्पन्न बिपद उद्धारको लागि खट्टिएको नेपाली सेनाले खोज तथा उद्धार कार्य निरन्तर जारी राखेको छ । जस अन्तर्गत सुर्खेत, रौतहट, बांके, बर्दिया, बाजुरा र सिन्धुपाल्चोक जिल्लामा खोज तथा उद्धार कार्य जारी रहेको छ ।

२. त्यसैगरी अवरुद्ध सुनकोशीको बहाबलाई सूचारु गर्न नेपाली सेनाले आज मिति २०७१   भाद्र ६ गते २ वटा विष्फोट गरेको छ । आज दिउंसो लिईएको मापन अनुसार उक्त कृत्रिम तालको पानीको भित्री बहाब (Inflow) १९७ क्युसेक रहेको र बाहिरी बहाब (Outflow)२७० क्युसेक रहेको  छ । साथै, बैकल्पिक अस्थाई मार्ग (Alternative Bypass Road)खोल्न पाईलट ट्र्याक करिव ८०० मिटर पुरा भई सकेको र बांकी खोल्ने कार्य समेत जारी रहेको छ । 

३. मिति २०७१ श्रावण १७ गतेदेखि मिति २०७१ भाद्र ०५ गतेसम्म देशका बिभिन्न स्थानमा आएको बाढी तथा पहिरोबाट उत्पन्न विपद उद्धारको लागि करिव २ हजार फौज हालपनि निरन्तर रुपमा बाढी तथा पहिरो प्रभावित ईलाकाहरुमा खट्टिई रहेका छन् । जसअन्तर्गत सिन्धुपाल्चोक, खोटाङ्ग, संखुवासभा, दोलखा, सिरहा, धनकुटा, रोल्पा, प्युुठान, बाजुरा, डडेलधुरा, भोजपुर, सुनसरी, उदयपुर, रौतहट, मोरङ्ग, सुर्खेत, बर्दिया, सल्यान, बांके, जाजरकोट, दाङ्ग, कैलाली, ताप्लेजुङ्ग र तनहु गरी २४ जिल्लामा नेपाली सेनाले राहत तथा उद्धारको कार्य गरिरहेको छ । उक्त अवधिसम्म नेपाली सेनाले कुल ४८६३४ के.जि. राहत सामाग्री बिभिन्न जिल्लामा हेलिकप्टर मार्पmत ढुवानी गरेको छ भने सिन्धुपाल्चोक, बर्दिया, जाजरकोट, रोल्पा र सुर्खेतमा ६०५ जना व्यक्तिको उद्धार गरिएको, ५३९ लाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको र ६६ जनालाई उपचारको लागि ःभमभखबअ गरिएको छ । 

४. देशका विभिन्न स्थानमा बाढी पहिरोबाट प्रभावित ईलाकाहरुमा नेपाली सेना अहोरात्र खट्टिई सम्भावित क्षतिलाई न्युनिकरण गर्ने कार्यमा निरन्तर रुपमा लागिपरेको छ ।