नेपाली सेनाद्धारा उद्धार कार्य जारी

१. मिति २०७१ श्रावण १७ गते सिन्धुपाल्चोक जिल्लाको राम्चे गा.वि.स.–५ को जुरे ईलाकामा गएको पहिरोले अवरुद्ध सुनकोशीको बहाबलाई सुचारु गर्न नेपाली सेनाले निरन्तर रुपमा कार्य गरिरहेको छ । आज दिउंसो लिईएको मापन अनुसार उक्त कृत्रिम तालको पानीको भित्री बहाब (Inflow) १९३ क्युसेक रहेको र बाहिरी बहाब (Outflow) ३०३ क्युसेक रहेको छ । यसैगरी बैकल्पिक अस्थाई मार्ग (Alternative Bypass Road) खोल्ने क्रममा आजसम्म पाईलट ट्र्याक करिव १२५० मिटर पुरा भएको साथै बाह्रविसे तर्फबाट बैकल्पिक सडकको करिव २१०० मिटर स्तरोन्नती कार्य समेत सम्पन्न    भएको छ । 

२. यसैगरी, मिति २०७१ श्रावण २९ गतेबाट अविरल बर्षा भई देशका विभिन्न स्थानमा गएको बाढी तथा पहिरोको कारण उत्पन्न विपद् उद्धारको लागि नेपाली सेनाको उद्धार टोली बाढी तथा पहिरो प्रभावित क्षेत्रमा परिचालन भई राहत तथा उद्धार कार्य निरन्तर रुपमा संचालन गरिरहेको छ । यसैबीच, सुर्खेत जिल्लाको तरङ्गा र तातोपानी ईलाकामा नेपाली सेनाको हेलिकप्टरबाट प्रभावित व्यक्तिहरुको लागि करिव १६०० के.जि. राहत सामाग्री पठाईएको छ ।