नेपाली सेनाद्घारा उद्धार कार्य जारी

१. मिति २०७१ श्रावण १७ गते सिन्धुपाल्चोक जिल्लाको राम्चे गा.वि.स.–५ को जुरे ईलाकामा गएको पहिरोले अवरुद्ध सुनकोशीको बहाबलाई सुचारु गर्न नेपाली सेनाले निरन्तर रुपमा कार्य जारी राखेको छ । आज लिईएको मापन अनुसार उक्त कृत्रिम तालको पानीको भित्री बहाब (Inflow) १८४ क्युसेक र बाहिरी बहाब (Outflow) २८१ क्युसेक रहेको छ । यसैगरी, बैकल्पिक अस्थाई मार्ग (Alternative Bypass Road) खोल्ने क्रममा आजसम्म पाईलट ट्र्याक करिव १९५० मिटर पुरा भएको साथै बाह्रविसे तर्फबाट बैकल्पिक सडकको करिव ३५०० मिटर स्तरोन्नती कार्य समेत पुरा भई सकेको छ । उक्त स्थानमा जनशक्तिको साथै हाल ६ वटा एक्स्काभेटर र १ वटा डोजरद्धारा काम भईरहेको छ ।

२. यसैगरी, अविरल बर्षाका कारण देशका विभिन्न स्थानमा गएको बाढी तथा पहिरोको कारण उत्पन्न विपद् उद्धारको लागि नेपाली सेनाको उद्धार टोली बाढी तथा पहिरो प्रभावित क्षेत्रमा परिचालन भई राहत तथा उद्धार कार्य निरन्तर रुपमा संचालन गरिरहेको छ । यसै क्रममा सिरहाको भेडिया, कास्कीको फेवाताल, बर्दियाको बवई र गुलरिया, सुर्खेतको धारापानी, सिन्धुपाल्चोकको राम्चे र बराम्चेमा उद्धार कार्य जारी राखेको छ । यसैबीच, मिति २०७१ भाद्र ९ गते अविरल वर्षाको कारण दाङ्ग जिल्लाको घोराही १० स्थित राप्ती ईङ्गलिस बोडिङ्ग स्कुलमा डुवानमा परेको हुंदा नेपाली सेनाको उद्धार टालीले ६९२ जना शिक्षक तथा विद्यार्थीहरुको उद्धार गरेको छ । साथै, आज नेपाली सेनाको सुपरपुमा हेलिकप्टरले सुर्खेतको तातोपानीमा ३२२० के.जी., तरंगा ईलाकामा २४२० के.जी., हरिहरपुरमा १४७३ के.जी. र धारापानी ईलाकामा २५९० के.जी. राहत सामग्री तथा २१ गोटा ग्याविन जाली ढुवानी गरेको छ ।