UNDOFमिशन, सिरियामा कार्यरत नेपाली शान्ति सैनिकहरु सुरक्षित

१. सिरियास्थित संयुक्त राष्ट्रसंघको United Nations Disengagement Observer Force (UNDOF) मिशनमा कार्यरत सम्पूर्ण नेपाली शान्ति सैनिकहरु सुरक्षित रहेको जानकारी उक्त मिशनमा कार्यरत नेपाली कन्टिनजेण्टबाट प्राप्त भएको छ । उक्त मिशनमा १५५ जना नेपाली शान्ति सैनिकहरु कार्यरत रहेका छन् ।

२. मिति २०७१ भाद्र १२ गते सिरियाली बिद्रोही समुहले UNDOF मिशन अन्तर्गत Golan Heights को दक्षिणी ईलाकामा पर्ने Al Queintra मा असहज स्थिति सिर्जना गरेको छ भने नेपाली शान्ति सैनिक उक्त स्थानबाट करिव ८० कि.मि. उत्तरी      भू–भागमा तैनाथ रहेको छ ।