“प्रधानसेनापति ट्रफि खेलकुद प्रतियोगिता २०७१” समापन

१. प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.ले सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्र लगनखेलको खेल मैदानमा “प्रधानसेनापति ट्रफि खेलकुद प्रतियोगिता २०७१” को आज मिति २०७१ आश्विन ७ गते एक विशेष समारोहका बिच समापन गर्नुभयो ।

२. प्रधानसेनापति श्री राणाले प्रतियोगिताको एथलेटिक्स ईभेण्ट अन्तर्गत सर्वप्रथम हुने पूर्वी पृतना हे.क्वा.लाई रनिङ ट्रफि र नगद पुरस्कार रु.२५००० तथा साईक्लिङ्ग प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने विशेष फौजलाई रनिङ ट्रफि र नगद पुरस्कार रु.१०००० प्रदान गर्नु भएको थियो । यसैगरी उक्त प्रतियोगिता मार्फत नयां आर्मी रेकर्ड कायम गर्न सफल खेलाडीहरुलाई नगद पुरस्कार समेत वितरण गर्नु भएको थियो । साथै उहांले राष्ट्रिय खेलकुद परिषद्का निर्णायक मण्डल, अन्य विजयी खेलाडीहरु, प्रशिक्षक तथा सञ्चालकहरुलाई प्रशंसा–पत्र तथा नगद पुरस्कार प्रदान गर्नुभएको थियो ।

३. यसै क्रममा प्रधानसेनापति महारथी श्री राणाले म्याराथुन र १० कि.मि. दौड दुवै तर्फ प्रथम हुने उपत्यका पृतना हे.क्वा.का अम. राजन खत्रीलाई निरशम्शेर ज.ब.रा. पुरस्कार कोषबाट रु.२२००० र रु.६००० गरी जम्मा रु.२८००० समेत प्रदान गर्नु भएको थियो । 

४. यसै वर्षदेखि वर्षभरीका विभिन्न खेलकुद प्रतियोगिता र प्रधानसेनापति ट्रफिमा उत्कृष्ट खेल प्रदर्शन गर्ने महिला÷पुरुष खेलाडीहरुलाई अक्षय कोषको स्थापना गरी “प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा. अजेयबलसम्पन्न ट्रफि” को साथै ब्लेजर, नगद पुरस्कार जनही रु.२५०००, र विशेष पुरस्कार बापत पुरुष वर्ष खेलाडी हुद्धा हरि कुमार रिमाललाई मोटरसाईकल तथा महिला वर्ष खेलाडी प्युठ मिनु गुरुङ्गलाई स्कुटरको समेत व्यवस्था गरिएको थियो । 

५. समारोहमा का.मु. रक्षा सचिव, नेपाली सेनाका पूर्व प्रधानसेनापतिहरु, अन्य सुरक्षा निकायका उच्च पदस्थ अधिकारीहरु,  नेपाली सेनाका रथीबृन्द एवं अधिकृतहरु, विदेशी सैनिक सहचारीहरु, नेपाल खेलकुद परिषद्का पदाधिकारीहरु तथा संचारमर्कीहरुको समेत उपस्थिती रहेको थियो ।

६. “प्रधानसेनापति ट्रफि खेलकुद प्रतियोगिता २०७१” मा समाविष्ट विधाहरुमा उत्कृष्ट अंक ल्याई प्रथम, द्धितिय र तृतिय हुने टिमहरु क्रमशः मध्य पृतना हे.क्वा., विशेष फौज र पूर्वी पृतना हे.क्वा. रहेका छन् भने प्रथम हुने टिमलाई “सेना दिवस २०७१” को अवसरमा प्रधानसेनापतिबाट “प्रधान सेनापति ट्रफि २०७१” प्रदान गरिने कार्यक्रम रहेको छ ।

७. प्रधानसेनापतिज्यूको मार्ग निर्देशन अनुसार निकट भविष्यमा नै जोमसोममा राष्ट्रियस्तरको रनिङ्ग, साईक्लिङ्ग र क्लाईम्विङ्ग सम्मिलित Tri-Event  प्रतियोगिता संचालन गर्ने योजना रहेको छ । साथै नेपाली सेनाले विदेशी टिम समेत सम्मिलित गराई दोश्रो प्रधानसेनापति कप आमन्त्रण महिला फुटवल प्रतियोगिता आयोजना गर्न लागेको छ । 

८. नेपाली सेनाले “स्वास्थ्यको लागि खेलकुद र राष्ट्रको लागि खेलकुद” भन्ने भनाईलाई आत्मसाथ गर्दै उत्कृष्ट खेलाडीहरु उत्पादन गर्ने अभिप्रायले विभिन्न स्तरमा खेलकुद प्रतियोगिता आयोजना गर्नुको साथै अन्तराष्ट्रिय स्तरमा राष्ट्रको तर्फबाट खेलाडीहरु सहभागी गराई सफलता समेत पाउंदै आएको छ । यसैगरी, यस प्रतियोगिताले नेपाली सेनाको जवानहरुमा शारिरीक सुगठन, अनुशासन एवं चारित्रिक विकासमा उल्लेख्य योगदान पु¥याउने अपेक्षा समेत राखिएको छ ।