प्रधानसेनापति र चिनियां सेनाका Lt Gen Zhu Fuxi वीच भेटवार्ता

१. आज मिति २०७१ आश्विन ६ गते प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.संग मित्रराष्ट्र चिनियां सेना People"s Liberation Army (PLA) का Lt Gen Zhu Fuxi, Political Commissar of Chengdu Military Area Command को नेतृत्वमा आएको ८ सदस्यीय भ्रमणदलले जंगी अड्डामा शिष्टाचार भेटघाट गरेको छ । उक्त भेटवार्ताका क्रममा नेपाली सेना र चिनियां सेनावीच रहँदै आएको सदियौ पुरानो सम्बन्धका साथै द्धिपक्षिय आपसी हितका विषयमा छलफल भएको थियो ।

२. मिति २०७१ आश्विन ५ गते नेपाल आएको उक्त भ्रमणदलले हिजै नेपाली सेनाका रथीबृन्दसंग भेटवार्ता तथा अन्तरक्रिया गरेको थियो भने आज महाराजगंज स्थित नं.१० बाहिनी अड्डाको समेत भ्रमण गरेको थियो । उक्त भ्रमणदल नेपाल भ्रमण सम्पन्न गरी आजै स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।