नेपाली सेनाको Legal Seminar सम्पन्न

१. नेपाली सेनाको कार्यरथी विभाग अन्तर्गतको सेना प्राड विवाकको ५२ औं वार्षिकोत्सवको अवसरमा मिति २०७१ भाद्र ३१ गतेबाट जंगी अड्डामा आयोजित Legal Seminar  आज मिति २०७१ आश्विन २ गते सम्पन्न भएको छ ।

२. नेपाली सेनामा विद्यमान न्याय प्रणाली सम्बन्धी विश्लेषण गरी समय सापेक्ष सुधार गर्ने हेतुले आयोजना गरिएको उक्त सेमिनारमा जंगी अड्डा लगायत सम्पूर्ण पृतना तथा बाहिनी प्राड शाखामा कार्यरत अधिकृत तथा पदिकहरुको उपस्थिति रहेको थियो । उक्त सेमिनारमा नेपाली सेनाका बरिष्ठ प्राड अधिकृतहरु, नेपाल प्रहरीका अधिकृत प्रतिनिधि, सर्वाेच्च अदालतका पूर्वन्यायाधिश, सार्वजनिक खरिद अनुगमन कार्यालयका अधिकृत प्रतिनिधि र प्रशासकिय अदालतका अध्यक्षबाट समेत सैनिक न्याय प्रणाली तथा न्याय सम्बन्धी विविध पक्षहरुमा प्रस्तुतिकरण भएको थियो । 

३. यसैबीच आज प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.ले उक्त सेमिनारमा सहभागी अधिकृत तथा पदिकहरुलाई सम्बोधन गर्नु हुंदै नेपाली सेनामा विभिन्न विषयहरुमा अपराध बढ्न सक्ने खतरा रहेको औल्याउंनु हुंदै सबै प्राड क्षेत्रमा कार्य गर्ने सकल दर्जाले स्वच्छ न्याय सम्पादन गर्न निर्देशन दिनु भएको थियो । 

४. यस सेमिनारबाट विद्यमान सैनिक न्याय प्रणालीका चुनौतिहरुको पहिचान तथा विश्लेषण गरी समय सापेक्ष सुधार गर्न ठोस मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।