नेपाली सेनाद्धारा सिन्धुपाल्चोक स्थित बैकल्पिक अस्थाई मार्गको सुधार कार्य भईरहेको

१. सुनकोशीको जुरेमा गएको पहिरोबाट अवरुद्ध अरनिको राजमार्ग खुलाउन नेपाली सेनाद्धारा निर्माण गरिएको बैकल्पिक अस्थाई मार्गमा पर्ने सुनकोशी नदीमा Acrow Bridge निर्माण गरी यातायातका साधनहरु सुचारु गर्नको निमित्त आवश्यक  ब्अचयध द्यचष्मनभ का सम्पूर्ण सामानहरु ढुवानी गरी सिन्धुपाल्चोकको लामोसांघुमा पु¥याईएको छ ।

२. कम समयमा नै Acrow Bridge निर्माण गरी यातायातका साधनहरु सूचारु गर्न हिजो मिति २०७१ आश्विन १ गतेबाट बेश निर्माणको कार्य तीब्र गतिमा सुरु गरिएको छ । बेश निर्माण पश्चात नेपाली सेनाका विशेषज्ञ प्राविधिकहरुबाट ३६.५८ मिटर लम्बाई तथा ५.५ मिटर चौडाई भएको उक्त Bridge निर्माण गरिनेछ । उक्त Bridge ले अधिकतम ३० टन क्षमता भएका मालबाहक सवारी साधनहरु समेत थेग्न सक्नेछ । यसैगरी बैकल्पिक मार्गको स्तरोन्नती गर्ने कार्य समेत तीब्र गतिमा भईरहेको छ । हाल हलुका सवारी साधनहरु भने उक्त मार्ग भएर संचालनमा आई सकेका छन् ।