“प्रधानसेनापति ट्रफि खेलकुद प्रतियोगिता २०७१” अन्तर्गत फुटवल खेल सम्पन्न

१. “प्रधानसेनापति ट्रफि खेलकुद प्रतियोगिता २०७१” अन्तर्गत जारी फुटवल खेलको फाईनल खेल आज सम्पन्न भएको छ । श्री सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्र, लगनखेलमा आज भएको फाईनल खेलमा श्री शम्शेरदल गणले श्री भैरवनाथ गणलाई २—१ को गोल अन्तरले पराजित गरी प्रथम हुन सफल भएको छ ।

२. कुल १८ टिमको सहभागिता रहेको उक्त खेलमा श्री भैरवनाथ गण र श्री कालीबक्स गण (ई) क्रमशः द्धितिय र तृतिय हुन सफल भएका थिए । प्रतियोगिताको अन्त्यमा प्रधानसेनापति महारथी श्री गौरव शम्शेर ज.ब.रा.ले प्रथम हुन सफल शम्शेरदल गणलाई ट्रफि र नगद पुरस्कार रु.२५,०००, खेलाडीहरुलाई मेडल तथा प्रमाणपत्र प्रदान गर्नु भएको थियो । यसैगरी, बलाधिकृत रथी श्री पवन बहादुर पाण्डेले द्धितिय हुने भैरवनाथ गणलाई नगद पुरस्कार रु.१५,०००, खेलाडीहरुलाई मेडल तथा प्रमाणपत्र र बलाध्यक्ष रथी श्री प्रदिप विक्रम राणाले तृतिय हुने कालीबक्स गण (ई) लाई नगद पुरस्कार रु.१०,०००, खेलाडीहरुलाई मेडल तथा प्रमाणपत्र प्रदान गर्नु भएको थियो । 

३. उक्त कार्यक्रममा बहालवाला तथा अवकाश प्राप्त रथीबृन्द, सेनानी समुह, प्रशिक्षक तथा खेलाडीहरु, खेलप्रेमी र सकल दर्जा लगायत सञ्चारकर्मीहरुको समेत उपस्थिति रहेको थियो ।