"EXERCISE PACIFIC ANGEL 2014" सम्पन्न

१. मिति २०७१ भाद्र २३ गतेबाट मकवानपुरस्थित श्री राष्ट्रिय रोटरी मा.वि. मनहरी, श्री राष्ट्रिय मा.वि. मनहरी, श्री चर्तुमुखी उच्च मा.वि. मिलनबजार शक्तिखोर र श्री चक्रदेवी निम्न मा.वि. गैरीबारी शक्तिखोरमा मेडिकल र ईन्जिनियरिङ्ग क्षेत्रमा संचालन भईरहेको "EXERCISE PACIFIC ANGEL 2014" आज मिति २०७१ भाद्र ३० गते मध्य पृतनाका पृतनापति उपरथी श्री बलदेवराज महतले एक समारोहका विच समापन गर्नु भएको छ ।
 
२. मध्य पृतना हे.क्वा.को जिम्मेवारी क्षेत्रभित्र नेपाली सेना र अमेरिकी सेनाद्वारा संयुक्त रुपमा संचालन भएको उक्त अभ्यासको दौरान मिति २०७१ भाद्र २३ गते देखि २५ गते सम्म श्री राष्ट्रिय रोटरी माध्यमिक विद्यालय मनहरी र भाद्र २६ गते देखि २८ गते सम्म श्री चतुर्मुखी उच्च मा.वि. शक्तिखोरमा Health Services Outreach कार्यक्रम अन्र्तगत मेडिकल क्याम्प स्थापना गरि ५,४७१ जना स्थानिय सर्वसाधारणहरुलाई स्वास्थ्य सेवा प्रदान गरिएको थियो । यसैगरी Engineering Civic Action Program (ENCAP) अन्र्तगत उपरोक्त विद्यालयहरुको भौतिक पूर्वाधार मर्मत तथा संभार समेत गरिएको थियो । सोही अभ्यास अन्र्तगत मिति २०७१ भाद्र २३ गते देखि २६ गते सम्म श्री विरेन्द्र अस्पताल छाउनीमा Medical Subject Matter Expert Exchange (SMEE) कार्यक्रम अन्तर्गत Blast Injury Management र भरतपुर अस्पतालमा First Responder सम्बन्धी अभ्यास संचालन गरिएको थियो । 

३. उक्त अभ्यासमा नेपाली सेनाका ७१ जना र अमेरिकी सेना लगायत अष्ट्रेलिया, बंगलादेश, मंगोलियाका सैनिकहरु ७१ जना गरी १४२ जना तथा चितवन जिल्ला जनस्वास्थ्य कार्यालय, नेपाल रेडक्रस चितवन र भरतपुर मेडिकल कलेजका स्वाथ्यकर्मीहरुको पनि सहभागिता रहेको थियो ।

४. उक्त समापन समारोहमा अमेरिकी सेनाका Maj Gen Michael B. Compton चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी, अन्य सुरक्षा निकायका पदाधिकारीहरु, जिल्ला जनस्वास्थ कार्यालय, जिल्ला रेडक्रसका पदाधिकारीहरु, भरतपुर अस्पताल तथा भरतपुर मेडिकल कलेजका पदाधिकारीहरु लगायत अभ्यासमा भागलिने स्वदेशी तथा विदेशी सैनिकहरुको साथै संचारकर्मीहरुको समेत उपस्थिति रहेको थियो ।

५. यस किसिमको संयुक्त अभ्यासबाट दुई देशबीचको सम्बन्ध अझ प्रगाढ हुनुका साथै पेशागत दक्षतामा अभिबृद्धि भएको र गैरसैनिक व्यक्ति तथा संघ संस्थाहरुसंगको समन्वय तथा काम कारवाहीमा समेत सहजता हासिल गर्नमा मद्दत पुगेको विश्वास नेपाली सेनाले लिएको छ ।